नेपालमा प्रजातन्त्रको सहि प्राक्टिस र अन्य दललाइ प्रजातान्त्रिक हुन चुनौती दिने दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मात्र एक रहेको देखियो। अन्य दलले निर्वाचनको टिकेट बेच्ने, नाता र अन्य गर्छन तर रास्वपाले खुला रुपमा इच्छितहरुको लिस्ट सार्वजनिक गरेको छ। यस्तो गर्ने हैसियात नेपालका अन्य कुनै पनि दलमा छैन।
रास्वपाले रुपन्देही ३ मा हुने उपनिर्वाचनको लागि आवेदन दिएका इच्छुक व्यक्तिहरूको नामावली बिहीबार पार्टीको आधिकारिक फेसबुक लाइभ मार्फत सार्वजनिक गरेको छ। जसमा ९ जना इच्छितहरु छन्। शुलभ खरेल, पाथवेन्द्र उपाध्याय, डा.लेकजंग थापा, ज्ञानु पौडेल, जित बहादुर गुप्ता, कुशम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्याल।
रास्वपाले यसमा पनि अब दोश्रो चरणमा प्राइमरी निर्वाचनकै बिधि अपनाउने भएको छ। जस अनुसार उम्मेदवारी दर्ता शुक्रबार बिहान १० बजेदेखि शनिबार ५ बजेसम्म, उम्मेदवारीविरुद्ध दाबी विरोध गर्न सक्ने प्राबधानको म्याद राखेको छ। दावी जो सुकै या पब्लिकले पनि दिन सक्छन।
त्यसपछि साउन २५ गते उम्मेदवारहरूसँग छलफल, २६ गते प्रारम्भिक उम्मेदवारको नामावली प्रकाशित, साउन २६ देखि भदौ ११ गतेसम्म पार्टीले अवलम्बन गरेको उम्मेदवार छनोट विधि अनुसार मापन गरिने कुरा रुपन्देही इन्चार्जले बताएका छन्।
