वरिष्ठ पत्रकार एवं राजनीतिज्ञ कबिर राणा भक्तपुर २ मा कांग्रेसको उम्मेदवार
भक्तपुर । आगामी फागुन २१ गते हुने ‘जेन्जी आन्दोलन’ पछिको अर्ली इलेक्सनका लागि नेपाली कांग्रेसले भक्तपुर क्षेत्र नम्बर २ मा वरिष्ठ पत्रकार एवं राजनीतिज्ञ कबिर राणालाई उम्मेदवार बनाएको छ। झण्डै पाँच दशकदेखि राजनीति र चार दशकदेखि लोकतन्त्रका लागि ‘मिसन पत्रकारिता’ मा सक्रिय राणाले आफ्नो उम्मेदवारीलाई पार्टीप्रतिको निष्ठा र त्यागको सम्मानका रूपमा लिएका छन्। उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग…
