चितवन पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी निर्वाचनपछि काम गर्ने, जनताको समस्या समाधान गर्ने बलियो सरकार बन्ने कुरा बताएका छन् ।
चितवनमा स्थानीयहरुसँग लामिछानेले अहिले देशभर रास्वपाको पक्षमा माहौल बनेको छ। आगामी निर्वाचनपछि काम गर्ने बलियो सरकार बन्नेछ त यो रास्वपाको सरकारले जनताको समस्या समाधान गर्ने बताएका छन्। यसअघि सरकारमा रहँदा पनि जनताका समस्या समाधान गर्ने धेरै कोसिस गर्दा-गर्दै पनि पुरा गर्न नसकिएको उनले बताए।
कालिकापालिका ३ मा स्थानीयहरूले सुकुम्वासी समस्या समाधानका लागि पटक पटक आश्वासन पाए पनि समाधान हुन नसकेको भन्दै जिज्ञासा राखेपछि उनले सुकुम्वासीको समस्या आयोग बनाएर नै दीर्घकालीन रूपमा समाधान गर्ने प्रतिबद्धता जाहेर गरे।
