नेपाली राजनीति बिधि संवत तरिकाले नचल्ने हुनाले कुन लाइनमा जान्छ भन्ने पुर्वानुमान गर्न सकिंदैन। जब दलहरु असफल हुन्छन दोष अरुलाई लगाउछन या बिदेशी खेल जस्ता कुरामा लगेर बिसाउछन। तर नेपाली राजनीतिमा यस्तो कुनै खेल प्रमाणित भएको छैन त्यो दलहरुले फाल्ने भ्रम मात्र हो।
नेपाली मतदाताहरुको आसय र अपेक्षा चाहिं पछिल्लो समय बिशेष गरेर गत संसदीय निर्वाचनपछि अध्ययन र अनुमान गर्न सकिन्छ। यो समयमा नागरिक सपोर्ट, माहोल र मतदाता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तिर उर्लिएको देखियो। जबकी अन्य दलहरुमा सुखा नै लागेको पाइयो।
यो निर्वाचनलाइ नजिकबाट अध्ययन गर्दै गरेका विद्वान तथा विश्लेषक पुरन्जन आचार्यको विश्लेषण अनुसार निर्वाचनको बेला एउटा राष्ट्रिय स्तरको नेतामा केहि मुख्य पक्ष हुन्छन। त्यसको पनि अध्ययन गर्नुपर्छ। त्यो कुरा बालेन शाहले प्रमाणित गरेको देखियो। तर तुलनात्मक रुपमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता गगन थापाहरु त्यसमा सफल देखिएनन। उनीहरुलाइ आफ्नो निर्वाचन क्षेत्र बचाउन नै धौ-धौ परेको अवस्था छ। थापा र ओली आफ्नो क्षेत्रबाट बाहिर आउन नै सकेनन। देशभरि माहोल ल्याउन पनि सफल भएनन। तर बालेन शाह नतिजा दिन नै सफल भैसेक।
रास्वपाका अनुसार नेपालको राजनीति भ्रष्टाचारको ‘ब्रम्हलुट’ र कुशासन विरुद्ध नेपालीहरुले रास्वपाले सुरु गरेको राजनैतिक अभियानले ठुलो परिवातन ल्याएको छ। उसै पनि रास्वपाको माहोल राम्रो थियो। त्यसमा काठमाण्डौका मेयर (निवर्तमान) बालेन्द्र ‘बालेन’ शाहको प्रवेस र उनलाई रास्वपाले बरिष्ठ नेतासहित निर्वाचनपछि आगामी प्रधानमन्त्रीको रुपमा अगाडी सारेपछि राजनैतिक माहोल व्ह्यात्तै उनीहरुको पक्षमा बढेको हो।
बालेन शाहलाइ रास्वपाले बहुमत ल्याउँदा या ठुलो पार्टी हुँदा प्रधानमन्त्री हुनको लागि सहज पहुँच दिएको छ। अर्को कुरा राजनीतिमा भाषाको ठुलो महत्व हुन्छ। बालेन शाह, मैथिली, नेवारी, नेपाली, अंग्रेजी लगायत धेरै भाषामा बोल्न र संचार गर्न सक्ने हैसियत राक्छन। जनकपुर देखि झापा सम्मका नेपालीहरुको ठुलो जनसंख्याले मैथिली बोल्छन। उनीहरु मध्ये धेरैलाइ नेपाली भाषा बोल्न आउँदैन। बालेनले पहिलो भाषण नै मैथिलीमा बोलेर बिषय सहज रुपमा मतदातासमक्ष उनीहरुले बुझ्ने भाषामा बुझाए। ओली र थापामा त्यो क्षमता छैन।
मेयर शाहले आफ्नो निर्वाचन क्षेत्रमा पहिलो पटकमा नै माहोल बनाउन सफल भए। त्यो फ्लो फर्काउन र आफ्नो पक्षमा ल्याउन ओलीलाइ संभव भएन। दशकौं देखिको उनको थाकथलो झापा छोडेर निस्कन नै नसक्ने अवस्था भयो। उनले छुद्र बोली, खर्च र ओलिटिक्स सबै गर्दा पनि उनको पक्षमा माहोल बनेन, उनि असफल देखिए।
मेयर शाह काठ्माण्डौको मेयर भएर बाताबरण बनाएका, पढे-लेखेका, जेन्जी सपोर्ट भएका जवान नेता। जेनजी आन्दोनमा उनले वार्ता सम्म पुग्ने लाइनको लिड गरेको देहियो। तर प्रधानमन्त्री भने बन्न मानेनन। उनि निर्वाचित प्रधानमन्त्री हुन् चाहन्थे। रास्वपा प्रवक्ता मनिष झाका अनुसार बालेन झापा ५ बाट ओलीको प्रतिपक्षमा उम्मेदवार हुने तयारी काठमाण्डौको मेयर हुने बाला देखिनै गर्दै आएका थिए। उनलाई सुरक्षित ठाउँबाट उम्मेदवार हुन् आनुरोध गरियो तर बलेनले भने, ‘If you want change you need to challenge’ त्यसैले उनि ओलीकै ठाउँमा उम्मेदवार भए।
ओलीमा ३/४ दशक देखि कुनै योजना छैन तर बालेनमा चुनावको सर्भे देखि गर्ने काम सम्म सबै कुराको योजना छ। त्यसैले एमाले र गगन कांग्रेसले तोड-फोडको आरोप लगाउन शाह माथि खनिन थालेका छन्। यसबाट ओली-थापालाइ फाइदा होइन झन उल्टो सपोर्ट मिलेको छ। नब नागरिकले पत्याउछन् झुटको कुनै ठाउँ रहन्न। माहोल रास्वपा र शाहको पक्षमा छ गाली र झुटा आरोपले के फरक पर्छ ? उसै पनि गगन थापाको रवि लामिछाने बिरुद्धको आरोप प्रमाणित हुन् सकेन।
खासमा जेनजी आन्दोलनको समय भएको तोडफोडमा एमाले ओली पक्ष र गगन कांग्रेस नै संलग्न भएको प्रमाण आउन थालेका छन। प्रहरीको एकजनाको गिरफ्तारीले पनि त्यो प्रमाणित गरेको छ। यो ओलीको लागि अर्को झड्काको पक्ष हो।
त्यसैगरी कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउबाको घर तोडफोड गराउन गगन थापाको निर्देशन थियो भन्ने कुरा आएको छ। त्यसमा पनि व्यक्तिको नाम सहित किटेर सोसल मिडियामा आएको अवस्था छ। अनुसन्धानले पछि प्रमाणित गर्ला तर थापा यसबाट उम्कने ठाउँ भने छैन। ओली र थापाले जे-जे आरोप अरुलाई लगाएका छन् त्यो-त्यो चाहिं उनीहरु आफैंले गरेको कुरा प्रमाणित हुँदै आएको छ।
झापामा चुनाव लड्ने र पूर्वी पहाडी जिल्ला समेत भिटिज गरेर मेयर शाहले प्रदेश १ को सोलोमोलो माहोल आफ्नो पक्षमा ल्याइसके। ओली र थापा आफ्नो निर्वाचन क्षेत्रमा नै माहोल ल्याउन ससल छैनन। उनिहरुले देश दौडाहा गर्न सकेका छैनन। यसबाट पनि थापा र ओली असफल नेता सावित भएका छन।
मधेस प्रदेश या प्रदेश २ सँग मेयर शाहको रगत र ‘प्राइड’ या ‘विफिलिङ्ग’ को नाता छ। यो खराब होइन वास्तबमा सबैमा हुन्छ। जस्तोकी ऋषि सुनाक बेलायतको प्रधानमन्त्री हुँदा भारतीहरु खुशी भएका थिए। त्यसैगरी ह्यारी भण्डारी स्टेट हाउसडेलिगेट्स उम्मेदवार हुँदा हामी सबैले खुशी र गौरव मानेका थियौं। अहिले सम्म कुनै पनि दलले मधेसलाइ प्रयोग गर्ने बाहेक सरकारको नेतृत्वमा राख्न सोचेनन। मधेस केन्द्रित दलहरु केहि मन्त्रालय पाउन् सधै सरकारको पक्षमा भए। मधेसले मौका नै पाएन।
अहिले आएर ओलीको गुइठा काण्ड र मधेसलाइ हेप्ने नीति-बिधिले ओलीलाइ घाटा लाग्यो। थापाको टुरिष्ट र मैकेवाज र मत खरिदको बिधिको चाल सबैले पाए। उता बोलेनको म्यासेज मैथिलीमा सहज रुपमा सबैमा पुग्यो। मधेसले बालेनलाइ आफ्नो छोरा र रास्वपालाइ त्यो मौका दिने दलमो रुपमा संझियो। यस्तै धेरै कुरा जुट्दै गर्दा मेयर शाह र रास्वपाको माहोल प्रदेश २ मा एकल रुपमा बढेको छ।
बागमती प्रदेशमा काठमाण्डौको मेयर भएर काम गरेको र सबै भन्दा धेरै प्रभावित र लाभान्वित संख्या भएको प्रदेश भएका कारणले शाहको माहोल राम्रो छ। थापा काठमाण्डौबाट भागेका र ओलीले मेयर शाह र काठमाण्डौलाइ दिएको पिडा, सुकुम्बासी उठाएर गरेको घृणित राजनीतले दुवैलाइ घाटा बाहेक केहि लागेन। उसै पनि रास्वपाको बागमती प्रदेश उर्वरा क्षेत्र हो।
पश्चिम तराइ, चितवन आसपास, पश्चिम पहामा रवि लामिछाने र मेयर शाहको क्रेज उर्लिएको देखियो। सुदुर पश्चिममा पनि मेयर शाहको माहोल बढेको देखीयो। अझै धनगढीमा गरिंदै गरेको रास्वपाको अर्को ठुलो कार्यक्रमले यसलाई झन् तताउने देखियो। उता ओली र थापा निर्वाचन क्षेत्र बाहेक देश दौडाहामा पुग्न सकेनन। त्यसले पनि मेयर शाहको स्थिति पक्का नै देखियो।
मेची देखि कालीसम्म रास्वपा र मेयर शाहको माहोल आएको छ। तर प्रतिस्पर्धी एमाले र कांग्रेस मतदाता फकाउनमा नै असफल छन् उनीहरुको माहोल बनेकै छैन। बिगतको राजनैतिक प्रतिसोध र त्यसमा अहिले पनि आफ्नै दलभित्र खेलेको घृणित खेलले थापा र ओलीको बजार सहज बन्ने संभावना झिनो भएको छ।
जता गए पनि बिना पैसा, बिना पेट्रोल, बिना दारुपानी, खाना उसै उसै स्वतह रुपमा यसरी नागरिकहरु आउनु भनेको सामान्य होइन। रास्वपामा त्यो माहोल देखियो। देशै रास्वपा र घण्टिमय भएको अवस्था छ। बालेनले लगभग मेची-काली गरेको अवस्थले अरु भन्दा उनि बढी सफल भएको प्रमाणित गरेको छ। त्यो हैसियत थापा र ओलीलेले बनाउन सकेनन। बन्ने संभावना पनि देखिएन।
यो समय रास्वपामा अन्तर कलह छैन। मदतादा र नागरिक सपोर्ट छ। हजार होइन लाखौँको संख्यामा स्वतह रुपमा मतदाता आएको अवस्था छ। अन्य दलले पेट्रोल, खान, र दारु-पानी जुटाउँदा पनि त्यो सपोर्ट बनाउन सकेनन। रास्वपामा बलेनको क्रेज र रास्वपाको माहोल झन् ठुलो हुँदै गएको छ।
थापा र ओली रास्वपालाइ गाली गर्नमा व्यस्त देखिए तर बलेनले मत मात्र माग्ने गाली नगर्ने नीति लिए। थापाका समर्थकले देउबा कांग्रेसहरुलाइ गैर-कांग्रेस भनेर लेख्न थाले। थापा र ओली दुवैको चुनावी शैली एउटै देखियो। पुरानै प्रतिशोधको राजनीतिले उनीहरुको दलभित्र र नागरिकमा घृणा बढायो। सपोर्ट गर्नेहरु पनि विपक्षमा पुगे। गगन र ओलीले आफ्नैलाइ त माया गर्दैनन उनीहरुले बाँकीलाइ के गर्छन, एक मतताले राय दिए।
चुनावी घोषणा पत्रमा रास्वपाले निर्दिष्ट भएर अर्थतन्त्र, रोजगारी, कृषि र डायस्पोरा नेपालीलाइ प्राथमिकता दिएको छ। तर एमालेले ओली बचाउन मात्र लक्षित गरेको छ। थापाको चुनावी एजेन्डा रास्वपाको कपि-क्याट मात्र छ। रास्वपामा बिज्ञ छन् त एमाले र काँग्रेसले बिज्ञलाइ पाखा लगायो, दुरुत्साही गरेको छ।
ओली र थापा दुवैले आफ्नै दलका नेतालाई गोदान गरेर आफ्नै खुट्टा काटेका छन्। ओलीले आफ्नै नेता सखाप पारे थापालेले झुक्क्याएर नेतृत्व लुटे। यो दुवैको असर साइलेण्ट रुपमा निर्वाचनमा परेको देखियो। थापा कांग्रेस पार्टीका अर्का ओली हुन् भने ओली तानाशा जस्ता देखिए। उनीबाट फुटीकौडी हुन्न भन्ने कुरा इतिहासले नै प्रमाणित गरेको छ।
प्रत्यक्ष निर्वाचनमा ठुलो दल र बहुमतको नजिक केवल रावपा मात्र पुगेको कुरा सबैको बुझाइ देखियो। तर कांग्रेस ९ देखि १३ सिट ल्यार दोश्रो र एमाले ७ देखि ९ सिट ल्याएर तेश्रो हुने अनुमान सबैको आएको छ। समय अझै बाँकी छ तर पनि माहोल र बिधि हेर्दा कांग्रेस र एमालेले ठुलो माहोल बनाउन सक्ने स्थिति देखिएन।
