नेपालको सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्याय सम्पादन प्रक्रियाको मर्यादामा कुनै प्रकारको हस्तक्षेप स्वीकार नगर्ने बताएका छन्। प्रधानन्यायाधिस डा. शर्माले आफ्नो पदभार ग्रहणपछि निष्पक्ष र जनविश्वासयुक्त न्यायपालिकाको निर्माण आफ्नो कार्यकालको मुख्य लक्ष्य रहने बताए।
उनले सूचना प्रविधिको प्रभावकारी प्रयोगमार्फत न्यायपालिकालाई प्रविधिमैत्री बनाइने, अदालतहरूको डिजिटल रूपान्तरणलाई संस्थागत रूपमा अघि बढाइने तथा भर्चुअल सुनुवाइ प्रणालीलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता समेत गरे। सेवा प्रवाहलाई छिटो, छरितो र प्रभावकारी बनाउन आवश्यक कानुन संशोधन तथा कार्यविधि सरलीकरण गरिने उनले बताए। कुन-कुन कानुन सुधार गर्नुपर्ने हो भन्ने पहिचान गरी सुझाव दिन उच्चस्तरीय समिति गठन गरिने जानकारी पनि उनले दिए।
