मे ३०, २०२५ शुक्रबार चर्चित अमेरिकन गायीका टेलर स्विफ्टले भनिन, “मैले बनाएका र गाएका सबै संगीतहरु अब मेरा हुन्।” स्विफ्टले आफ्नो गीतको मास्टर कपी बाइ ब्याक सफल भएकोले आफ्नो जीवनको ठूलो सपना बल्ल साकार भएको उल्लेख गरेकी छन्।
गायिका तथा संगीतकर्मी टेलर एलिसन स्विफ्टको जन्म डिसेम्बर १३, १९८९ मा पेन्सलभेनियाको रिडिङमा भएको थियो। उनले आफ्नो बाल्यकाल नजिकैको वायोमिसिङमा रहेको क्रिसमस ट्री फार्ममा बिताएकी थिइन्। उनको परिवार उनि १४ वर्षको हुँदैमा टेनेसीको हेन्डरसनभिलमा सरेको थियो। त्यहींबाट उनले कन्ट्री संगीतमा आफ्नो यात्रा सुरु गरेकी थिइन्।
टेलर स्विफ्ट गीत-संगीत र ब्यबसायिक दुवै हिसाबले विश्वकै सबैभन्दा लोकप्रिय र प्रभावशाली कलाकारहरू मध्ये एक हुन्। उनी लगातार विश्वव्यापी रूपमा स्ट्रिम गरिएका र सर्वाधिक कमाई गर्ने कलाकारहरूमा पर्छिन्। उनको बहुमुखी क्षमता गीत लेखन, गायन र संगीत सबैमा भएका कारण उनि सफल छिन।
उनको पहिला ६ वटा एल्बमको बाइ ब्याक दावी अहिले आएर सफल भएको कुरा उनले आफ्नो वेबसाइट मार्फत सार्वजनिक गरेकी छन्। अब ती ६ वटै एल्बमहरु उनको आफ्नै भएका छन्। स्विफ्टले सो प्रयास “श्यामरक क्यापिटल” बाट बिना अबरोध खारिद गरेर फिर्ता (बाइ-ब्याक) लिन सक्षम भएको बताएकी छन।
यतिमात्र होइन उनले श्यामरक क्यापिटल कम्पनीलाई आफूलाई एल्बमको लागि पहिलो प्रस्ताव गरेकोमा धन्यवाद सेमत दिइन्। यसका साथै सो कम्पनि इमानदार, निष्पक्ष र सम्मानजनक भएको उल्लेख गरिन्। शामरकले पहिलो पटक २०२० मा स्विफ्टको रेकर्डिङहरू खरिद गरेको थियो। सोहि समय देखि उनको मास्टर रेकर्डिङको बिषयलाइ लिएर मतभेद सुरु भएको थियो।
स्विफ्टले यसअघि २०१९ मा “गुड मर्निङ अमेरिका” मा आफ्ना रेकर्डहरूको स्वामित्वमा लिन आफ्ना एल्बमहरू पुन: रेकर्ड गर्ने बताएकी थिइन्। २०२१ मा “फियरलेस” “रेड” र २०२३ मा “स्पिक नाउ” रि-रेकर्ड गरिएका एल्बमहरू सार्वजनिक गरिसकेकी छन्।
उनको पुन: रेकर्डिङका लागि अन्तिम दुई एल्बमहरू स्व-शीर्षक डेब्यू एल्बम थिए। तीनलाई उनले २००६ मा रिलिज गरेकी थिइन्। “प्रतिष्ठा” चाहिं २०१७ मा रिलिज भएको थियो। “रेपुटेशन एल्बम मेरो जीवनको त्यो समयमा उच्चकोटीको थियो। जब मैले यसलाई पुन:रेकर्ड गर्ने प्रयास गरें अनि अड्चन आए र म रोकिएको थिएँ। अब त्यो सबै समाधान भएको छ।”