घटेको रहेनछ रवि लामिछानेप्रति नागरिक सपोर्ट, घण्टिमय लुम्बिनी

Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लुम्बिनीमा सम्पर्क कार्यालय उद्घाटन तथा मतदाता भेटघाट कार्यक्रम गर्दै रुपन्देहीबाट अभियान सुरु गरे। त्यो अभियानमा उपस्थ्ति रहेका व्यक्तिहरुको लहर देख्दा अन्य दलहरुको मुटु धड्कन छोडेको हुनुपर्छ। 

कुनै एउटा अन्तर्वार्तामामा नेपालका निष्पक्ष राजनैतिक विश्लेषक पुरन्जन आचार्यले भनेझैं बालेन शाहको रास्वपा प्रवेशले रास्वपालै झन् शक्तिशाली बनाएको छ। उहाँकै शब्द लिने हो भने, बिना पैसा, बिना पेट्रोल, बिना खान, रक्सी-मासु र अन्य मोहा नै नभै यो जनलहर आफैं आउनु भएको माहोलको चरम स्थान हो। अन्य कुनै पनि दलले खर्च गरेता पनि यस्तो जनलहर जुटाउन सक्दैन।

लोकतन्त्र पछि बिरक्तिएको नेपाली राजनीतिमा रवि लामिछानेको आगमनले फरक धारमा लग्यो। त्यो क्रेज अहिले पनि छ। कतिपयले बालेनको आगमन पछि रवि हराए भन्ने आरोप पनि लगाए तर त्यो झुठ सावित भएको छ। चाहे बालेन होस् या रवि कसैको पनि क्रेज घटेको छैन, रहेनछ भन्ने कुरा लुम्बिनीले प्रमाणित गरेको छ।

रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर १ देवदहबाट सुरु भएको उनको मतदाता भेटघाट कार्यक्रमका राति सैनामैनाको मुर्गियामा पुग्दा पनि घटेन। त्यसपछि उनि  लुम्बिनी सांस्कृतिक नगरपालिका र सबै निर्वाचन क्षेत्रमा पुग्ने निर्धारित योजना छ। बिहान देखिको भिड राती सम्मै निरन्तर थियो।

यस क्रममा उनले कतिपय ठाउँमा छोटो-छोटो कुरा राखे तर धेरै समय चाहिं मतदाता भेटेर नै बिताए। रुपन्देहीमा रास्वपाबाट क्षेत्र १ मा सुनिल लम्साल, २ मा सुलभ खरेल, ३ मा डा. लेखजंग थापा, ४ मा कन्हैया बनिया र ५ मा तौफिक अहमद खान उम्मेदवार छन्। मंगलबार उनि नवलपरासी जाने भएका छन।