कांग्रेस सभापति देउवा चुनावी प्रचारमा सहभागी नहुने

Spread the love

जेनजी आन्दोलनको नाममा आफ्नै निवासमा भौतिक आक्रमणमा परेका र त्यसैको मौकामा गत पौषमा नेतृत्वबाट लुटिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले फाल्गुन २१ को निर्वाचनमा काँग्रेसको कुनै पनि चुनावी प्रचारमा सहभागी नहुने भएका छन्।

भनिएको बिशेष महाधिवेशनले उनलाई सभापतिबाट हटाएको र नेपालको निर्वाचन आयोगले एकातर्फी रुपमा नेतृत्व लुट्ने पक्ष महामन्त्री द्वोय बिश्वोप्रकाश शर्मा र गगन थापालाइ मान्यता दिएको भएता पनि मुद्धा सर्वोच्च अदालतमा पुगेको छ। कानुन त सर्वोच्चको फैसला नआउँदा सम्म थापालाइ नेता मान्ने अवस्था नरहने कुरा कानुनका बिज्ञहरुले बताएका छन। उसैपनि सर्वोच्चको तामेली पनि कांग्रेसको सचिवालयले बुझिसकेको छ। 

यसै क्रमम थापाको हैसियत नांगेझार र आफुले नै निर्वाचन हार्ने आंकडा देखेपछि उनि देउबाको कौडा फाल्न थालेका छन। तर सभापति देउवाले भने कुनै पनि चुनावी सभामा सहभागी नहुने भएका छन्। देउबा सचिवालयका अनुसार उनि कुनै पनि चुनावी प्रचारमा जाने कार्यक्रम नरहेको जानकारी गराएको छ। केही सञ्चारमाध्यममा देउवा चुनावी अभियानमा निस्कने भन्ने समाचार आएपछि देउवाको सचिवालयले स्पष्ट पर्दै यस्तो जानकारी दिएको हो। चुनावीसभा वा अन्य कुनै पनि कार्यक्रममा जाने तयारी छैन, देउवाको सचिवालयले भनेको छ।