Valentine’s Day बारे छोटो चर्चा

Spread the love

फेब्रुअरी १४ को दिन लाखौं व्यक्ति, परिवार र जोडीहरुले भ्यालेन्टाइन डे मनाउँदै गर्दा संसार नै रातो गुलाबीमय र मायाँ नै मायाँको संसार जस्तो भएको छ।

हिस्ट्रीडटकमका अनुसार Valentine’s Day प्राचीन रोमनका Lupercalia ले रीतिरिवाज र तत्कालिन सम्राटको आदेश विरुद्ध गोप्य रुपमा विवाह गरेपछि सुरु भएको हो। खासगरी तेस्रो शताब्दीका The Legend of Saint Valentine को कथाबाट यो दिन मनाउन सुरु भएको हो। यसलाई आधिकारिक रूपमा ४९६ ईस्वीमा Pope Gelasius I ले सुरु गरेका थिए।

अहिलेको युग Social Media को समय हो। Social Media भरि नै यसको Valentine’s Day posting ले भरिएको छ। बिश्वोका करिब १०० भन्दा धेरै देशहरूमा Valentine’s Day मनाइने गरिन्छ। यतिमात्र होइन Valentine’s Day बिस्तारै विश्वव्यापी सेलिब्रेशन हुँदै गएको छ। बिशेष गरेर युवा जोडीहरु, बयस्क र अन्यले पनि Valentine’s Day लाइ स्पेशल चकलेट र Valentine’s Day कार्ड आदान-प्रदान गरेर मनाउँछन्। 

संयुक्त राज्य अमेरिकामा Valentine’s Day विशेष गरी बढी नै मनाइन्छ। जवानहरुले क्यान्डी र कार्डहरू साटासाट गर्छन्। Valentine’s Day मा वयस्कहरूले रोमान्टिक डिनर,  उपहार, गहनाको इत्यादि लिने-दिने गर्छन। रोमान्सभन्दा बाहिर, अमेरिकीहरूले साथीहरू र परिवारप्रति पनि कृतज्ञता देखाउन Valentine’s Day मनाउने गर्छन।