नेपाली राजनीतिमा दलहरुको नेतृत्व परिवर्तन सहज छैन। एककिसिमको दाइजो नै जस्तो छ। बरु मरेर जान्छन तर नेतृत्व छोड्दैनन। अनि नेतृत्व नजिक पुगेकाहरुले पनि दुइ महिना कुर्दैनन बरु लुटेर नै लिन्छ।
नेपाली कांग्रेसको इतिहासमा नेतृत्व परिवातनलाइ हेर्दा पार्टी फुटेको र फुट्ने तयारी गरेको रेकर्ड पाइयो। त्यो बिपी कोइरालाको पालामा होस् या गिरिजाप्रसाद कोइरालाको पालामा या भनौ शेरबहादुर देउबाको पालामा नै किननहोस। तर यो पटक चाहिं महाधिवेशनबाट देउबा बाहिरिंदै थिए। अचनाक उनको नेतृत्वलाइ दुइ महिना बाँकी छंदै बिशेष महाधिवेशन नामको सेटिङ्गमा उनको नेतृत्व नै लुटियो।
झुटै-झुट र छक्याएर बिशेष महाधिवेशन गरियो। एउटा कुरा गरेर बिशेष महाधिवेशन आजोजना गर्दै नेतृत्व लुटेर लागिएकाले कांग्रेसमा यो पटक मात्तिने र निराश हुनेको संख्या बाबरी छ। नेकपा एमाले अध्यक्षका बिश्वासपात्र मानिने निर्वाचन आयोगका प्रमुखले पनि बिधानको सर्त र सर्तरहित ब्यबस्थाको अध्ययन नै नगरी ओलीकै आदेशमा गगन थाहाहरुलाइ ल्याप्चे ठोकिदियो। त्यसको बिरुद्ध लुटिएका देउबा पक्षले सर्वोच्च अदालतमा आवेदन दिएका छन।
लुटेराहरुले बिशेष महाधिवेशनको बेला नेतृत्व परिवातन हुँदैन भने, तर नेतृत्व लुटियो, नियमित महाधिवेशनलाइ असर पर्दैन भनियो तर पारियो। कांग्रेस फुट्दैन भनियो तर फुट्ने तयारी पुरै थियो। यस बाहेक जे-जे गरिन्न भनियो त्यो-त्यो गरियो र जे-जे गरिन्छ भनियो त्यो केहि पनि गरिएन।
सर्वोच्च अदालतले पठाएको तामेलीमा बल्ल-बल्ल लुटेराहरुले हाजिर हुन्छु भनेर ल्याप्चे हानेका छन्। यदि सर्वोच्चले आफ्नो फैसला दल लुटेका गगन थापाको पक्षमा दियो भने उनले आगामी ५ वर्ष कांग्रेसको महाधिवेशन नगर्ने र त्यसैलाई आधिकारीक भएको भनेर ब्याख्या गर्ने भएका छन्। अनि कांग्रेस फेरी फुट्छ। अहिले होइन भनिन्छ तर यो पनि ढाँटको चाङ्ग मध्ये नै अर्को ढाँट हो। आर्कोतिर सर्वोच्चले लुटेको नेतृत्वलाइ नै सदर गरिदियो भने पनि नेपाली कांग्रेस फेरी पनि फुट्छ। अर्को दल बन्छ। त्यो निर्वाचन पछि लगत्यै हुन्छ। त्यसका संकेत र खबर पक्का रुपमा पाईएको छ।
पिडित पक्ष शेरबहादुर देउबा, पुर्णबहादुर खड्का, डा. शेखर कोइराला, डा. प्रकाशशरण महत, डा. आरजु देउबा, मोहनबहादुर बस्नेत मात्र होइनन। १४ औं महाधिवेशनक ४/५ दर्जन जिल्लाका जिल्ला सभापति कांग्रेसबाट नै बाहिर छन। आधा भन्दा धेरै केन्द्रिय सदस्य बाहिर छन्। प्रत्यक्ष तर्फको टिकेट पाउने पनि केवल एकछत्र रुपमा लुटेराहरु नै छन्। अर्को पक्षलाइ केवल देखाउन मात्र दिएको प्रष्ट नै छ। के यो सहि संकेत हो त?
आजकल गगन कांग्रेसहरुले अर्को पक्षलाइ कांग्रेस नै होइन भन्न थालेका छन्। गोदेर लख्ट्न थालेका छन। यहाँसम्मकी अमेरिकाको जनसम्पर्कको सदस्य नै नभएको एउटा व्यक्तिले १४ औं महाधिवेशनसम्मको क्रियाशील सदस्य र अहिलेको जनसम्पर्क समिति सदस्यलाइ नै कांग्रेस होइन भनेर फेसबुकमा नाना-भाँती गालि गरेर, कुट्ने-पिट्ने सम्मको कुरा लेखिदियो। यसको संकेत के ? पार्टी फुट्ने नै हो।
एक आन्तरिक अन्तरक्रियामा दुइजना विश्लेषकहरुले भने, देशैभरी आएको राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टिमय माहोललाइ कांग्रेस र अन्य दलले थेग्न सक्दैनन। उसैपनि पुराना दलहरुको भ्रष्टाचार, लुट, राजनैतिक प्रतिशोध, ३०/४० बर्षसम्म गरेको बेथिति सबै कारणले गर्दा कांग्रसे र पुराना दल थला पर्नेछन। उनिहरुमा समर्थनको सुख्खा लागेको छ। तेल, दारु-पनि र खर्चले मात्र चलेको छ। फेरी पनि भनिएका कांग्रेसका नेताहरुको ब्याख्याप्रति कांग्रेसकै इतिहासमा लाग्मो योगदान भएका पुरुषोतम दाहालको भनाइ अत्यान्दै महत्वपुर्ण छ। बदलिएको भन्ने कुरा ढाँट हो।
त्यसैले यो लुटेराहरुको नेतृत्व भनेको लुट्नैको लागि मात्र हो, जुट्नको लागि होइन। फेरी पनि आन्तरिक प्रातिसोध र बाह्यै प्रतिसोध चरम रुपमा गएको छ। ढाँटको चाङ्ग लाग्दै गएको छ। यसबाट कांग्रेसको साख जोगीने देखिएन। नेतृत्वले ढाँटको चाङ्ग लायो अनि फुर्ति धेरै लगायो अब सुर्ती खान्छ अनि कांग्रसमा सुखा लाग्छ।
