नेपाल अमेरिका पत्रकार संघको नवौं अधिवेशनको तयारी पूरा
अमेरिका/नेपाल अमेरिका पत्रकार संघ (नेजा) को नवौं अधिवेशन मे १० र ११, २०२५ मा नेभाडा राज्यको लस भेगस सहरमा हुने भएको छ।अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको कन्भेनर रोशन अधिकारीले जानकारी दिए । उत्तर अमेरिकामा रहेका नेपाली पत्रकारहरूको संस्था नेजाको अधिवेशनको उद्घाटन सत्रमा अतिथि र पत्रकारहरू गरी २ सय जनाको सहभागिता रहने कन्भेनर अधिकारीले बताए ।…
