Headlines

एनआरएनए महाधिवेशन:एमालेको सड्यन्त्र, माफियाको दम्भ-हामी कांग्रेस किन्दिन्छौँ

नेपालको सर्वोच्च अदालतको परमादेशले हुन लागेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को मे ३-५, २०२५ को १० औं अन्तराष्ट्रिय महाधिवेशन नसर्ने, नरोकिने र सोहि मितिमा नै हुने भएको छ। 

अदालत र आयोजकहरुले नै रोक्नुपर्ने कारण देखेको छैन तर एमाले पार्टी मरेर सार्नुपर्छ भन्दै लागि परेको छ। यसैका लागि संघको १५/२० करोड सखाप पारिएको सुनिन्छ। यो सबैको ठुलो कारण छ, यो युद्ध हो र यो समय युद्धको अन्तिम लडाइको अवस्था छ। 

मलाइ यसबेला थाहा छैन र मसँग जवाफ पनि छैन- कुनै एमालेले नेपाली कांग्रेस किन्छ या किन्दैन, कांग्रेस बिक्रीमा या छैन, किन्ने हैसियत राख्छ या राक्दैन। तर एमालेवाला एनआरएन रसियन माफिया गुटले दावी गरे, “तिम्रो कांग्रेस हामी किन्दिन्छौँ” अनि देख्छौ। यसको जवाफ मसँग यति बेला छैन तर लेखा-जोखा गर्ने भने बाँकी छ। यसको जवाफ आउने एक हप्ताले देखाउँछ। नेपाली कांग्रेस बिक्रीमा छ या छैन।

एनआरएनको सवालमा नेपाली कांग्रेसले नरहरि आचार्य जस्तो बौद्धिक बाटो लिन्छ या लिंदैन, शुशिल कोइरालाले जस्तो नैतिक धरातलमा रहन्छ या रहँदैन, गिरिजाप्रसाद कोइरालाले जस्तो अडानमा बस्छ या बस्दैन। अझै भनौ कृष्णप्रसाद भट्टराइले जस्तो सहज रुपमा समाधान खोज्छ या खोज्दैन अनि गणेशमान जस्तो चट्टान भएर जिम्मेवारी पुरा गर्न बस्छ या बस्दैन। जवाफ सुन्न होइन हेर्न बाँकी छ। 

हुन त हामीसंग केहि तीता अनुभव पनि छन्। यो एनआरएनएको किचलो मार्च २०२२ मा नै डिरेलबाट सहि लिगमा जान लाग्दा अन्तिममा पुगेर रसियन माफिया र नेपाल कम्युनिष्ट पार्टी एमाले अनि नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापाले संघ फुटाए, लुकाएर, दबाएर, तहस-नहस बनाए सहि अर्थमा चपाए, लुट्नुसम्म लुटे अनि चुसेर थुके। यो रेकर्डले प्रमाणित गरेको कुरा हो। एमाले त अहिले पनि लागि परेको छ फेरी पनि नेपाली कांग्रेस त्यहि रुपमा जान्छ या जाँदैन त्यो हेर्न बाँकी छ।

एनआरएनएहरुको सवालमा नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, तराइ बिशेष पार्टीहरु स्पष्ट छन्। अहिले आएर फेरी पनि नेपाली कांग्रेसले कोल्टो फेर्यो भने एनआरएनहरुको सबैभन्दा ठुलो दुश्मन नेकपा एमाले र नेपाली कांग्रेस नै सावित हुनेछन। यिनका बिरुद्ध मिशन ८४ दलहरुले होइन हामीहरुले पनि खेल्नुपर्ने हुन्छ। नेपालको निर्वाचन आयोगमा दिने प्रमाण हामीले पनि खोज्नुपर्ने हुन्छ।

नयाँ बसपार्क, मेडिसिटीको नाममा नक्खु खोला र दुइवटा राजकुलो खाने डा उपेन्द्र महतो, सानीमाको नाममा नानीमा बनेर काकीमा देखाउने, लगानीको नाममा दुनियाँ डबल डिप गरेर लुटेन, कांग्रेसतिर बसेर कांग्रेसकै पोलमा सुसाइट हान्ने जिबा लामिछानेलाइ पनि सबैले जोखेकै छन्। अब झ्याइकुटी पारेर नचाउने बेला आएको छ। समय सबैको आउँछ फरक यत्ति हो की अनुकुल कसको भागमा कतिबेला पर्छ।

फर्केर २०२२ मा जाने हो भने एउटा रोचक कहानी बनेको छ। हुरी-बतासले जस्तो तहस-नहस पारिएको बारीमा एउटा सहि रुपमा संघलाइ अगाडी बढाउन चाहनेहरु जुट्दै गए। तोकिएको महाधिवेशन सम्पन्न गरे, संगठित भए र मैदानमा मात्र होइन कानुनी न्यायका लागि लडिरहे। अहिले पनि लडिर नै हेका छन्। 

त्यहि समय लोभीहरु अचानोको हरियो छ्याक्कन देखेर पछि लागे। त्यसको नतिजा भेरोले डेरो बनाएर गोदाइ समेत खिलाएर फर्काए। उनकै लगौटी सुँघेर गएकाहरुले बुझ्नुपर्यो त्यो बेला पूर्णबहदुर खड्का र गगन थापाले मलम लगाउन आए? उपेन्द्र महतोले एमाले नेता महेश बस्नेतको नेतृत्वमा दारु-पनि सहित मुख्यालय दर्जनौं गुण्डा पालेर एनआरएनहरु पिट्दा न्याय कता थियो? अहिले आएर उपेन्द्र महतोले ठुला कुरा गर्ने ? उसै पनि उनी एनआरएन होइनन, केको चासो ?

एनआरएनएमा मौका र सकुनी पासा हान्नेहरुको एउटा गुट छ।  उनिहरु लुटेर मात्तिए अनि अहिले आएर अदालतको परमादेश पछि आत्तिए फेरी अन्तिम समयमा आएर हरेक दिन एकपछि अर्को सड्यन्त्र गर्दैछन्। त्यहि गुटका एकजनाले मलाइ भने अन्तिममा हामी कांग्रेस किन्दिन्छौँ। मोलतोल हुँदैछ। फेरी पनि सोधौं के कांग्रेस बिक्रिमा छ ?

Leave a Reply