Headlines

राष्ट्रबैंक, शिक्षक आन्दोलन र टीआरसी ननिम्ट्याएका कारण प्रधानमन्त्री ओलीको दिनगन्ति सुरु

नेपाल कन्युनिष्ट पार्टी एमाले नेतृत्वको सरकारप्रति कोहि पनि सन्तुष्ट छैन प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली आफैं सन्तुष्ट नभएको क्रुआ उनले गत हप्ता सार्जनिक कार्यक्रमबा नै बोलेका थिए। 

त्यसैले ओली नेतृत्वको सरकार बनाएकोमा संसदमा सबैभन्दा ठुलो पार्टी नेपाली कांग्रेसको चर्को आलोचना भएको छ। यतिमात्र होइन विपक्षी दलप्रतिको गृह प्रशानको ब्यबहार र सरकारी काम-काजबाट कोहि पनि सन्तुष्ट छैनन। 

राष्ट्र बैंकका गर्भनर नियुक्ति गर्न सकेको छैन। लाखौ शिक्षक सडकमा छन्। भनिएको सङ्क्रमणकालीन न्याय (टीआरसी) पनि निम्टिएको छैन। त्यसैले यो सरकार पूर्ण रुपमा असफल छ भन्ने कुरा विपक्षी दल र राजनीतक विश्लेषकहरुको दावी छ।

सरकार र सत्ता गठबन्धनलाई लिएर बाहिर भइरहेका बिरोधबारे संसदमा ठुलो दल तथा सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले प्रधानमन्त्री शर्मा ओलीलाइ भेटेर चुनौती दिएका छन्। यदि गभर्नर नियुक्ति जतिसक्दो चाँडो नगरे, सङ्क्रमणकालीन न्याय (टीआरसी) प्रक्रिया नटुङ्ग्याए र शिक्षक आन्दोलन लगायतमा भइरहेका अवस्था नसुल्ट्याए सत्ता समिकरण बदलिन्छ र देउबाले सत्ता लिनेछन। 

त्यसका लागि साइडमा नेपाली कांग्रेस, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र अन्य पक्षको सरकार बन्ने र एमाले विपक्षी रहने समिकरणको चर्चा छ। 

सत्ता समीकरण फेरबदल हुने र सरकार परिवर्तन हुने भनेर सत्तापक्षदेखि प्रतिपक्षी दलका नेतासम्मले दिएको अभिव्यक्तिले राजनीतिक तरङ्ग उत्पन्न भइरहेका बेला प्रधानमन्त्री ओलीलाइ  सभापति देउवाले अप्रिल २६, २०२५ शनिबार राति बालुवाटारमा करिब २ घण्टाभन्दा लामो बैठक गरेअर चुनैति दिएका हुन्।

बैठकमा कांग्रेस नेता तथा असफल गृहमन्त्री रमेश लेखक र उपप्रधानमन्त्री समेत रहेका एमालेका विवादित नेता उपाध्यक्ष विष्णु पौडेल सहभागी थिए। जे सुकै भनिएता पनि यो सत्ता समिकरण फेरिनेमा आम नेपाली विश्वास र बुझाइ रहेको छ।

Leave a Reply