नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपालको सार्वोच्च अदालतका विरुद्ध सार्वजनिक मंचबाट बोकेको भन्दै दायर भएको अवहेलना मुद्दाको सुनुवाइ अप्रिल २९, २०२५ मंगलबार तोकिएको छ।
कांग्रेस महामन्त्री थापाले लोकतन्त्र दिवसको अवसरमा आयोजित सार्वजनिक कार्यक्रममा संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्ति विवादमा सर्वोच्च अदालतले डिल गरेको भनेका थिए। सोहि अभिव्यक्ति बिरुद्ध परेको मुद्धा न्यायाधीशद्वय सपना मल्ल प्रधान र नित्यानन्द पाण्डेको इजलासमा तोकिएको छ।
रास्वपा सभापति रवि लामिछानेलाइ प्रमाण देखाइदिउँ-देखाईदिउँ भन्दै संसंदमा कुर्लने थापा आफैंले हाका-हाकी नै सार्वजनिक मंचबाट अदालतको अवहेलना गरेका हुन्। उनको सो अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता अनन्तराज लुईटेल, प्रतिभा उप्रेती र विशाल थापाले सर्वोच्च अदालतमा अदालत अवहेलना मुद्दा दायर गरेका थिए।