नेपालको कम्युनिष्ट पार्टी एमाले नेतृत्व र नेपाली कांग्रेससंगको समीकरणको सरकार हुरुक्क हुने अवस्थामा पुगेको छ। मुख्य तीन कारण सत्ता समीकरण धरापमा परेको छ। यसका पछाडी तीन मुख्य कारण पाइयो।
पहिलो कारण एमालेकरण
पछिल्लो समय नेपाली कांग्रेसभित्र सरकारको आलोचना तिब्र भएको छ। गृहमन्त्री रमेश लेखकले भागबन्डा बेचेको भन्ने आरोप नेविसंघका एक केन्द्रिय नेताले बताए। उनको दावीमा दम थियो। सबैतिर भागबण्डा हुन्छ ६/६ जना उच्च प्रहरीहरुको बढुवामा सबै एमालेको लिस्ट पार्टी भयो। सुदुर पच्चिममा अर्थमन्त्रीका सहोदर भाइ जो गणितीय रुपमा पनि बढुवामा पर्थे तर परेनन। गृहमन्त्री त्यसमाथि ठुलो दल कांग्रेसका भएका कारण उनलाई कम्तीमा पनि ३ सिट हुन्थ्यो नै त्यो किन भएन ?
इतिहासमा कहिलै नभएको भागबन्डा यो पटक एनआरएनमा पनि पर्यो। राष्ट्र बैंक कांग्रेसलाइ एनआरएन एमालेलाइ। तर अदातलको परमादेश र ओलिटिक्स फरक कुरा हुन् त्यसो भएन। एनआरएन बिचिएन कांग्रेसकै महासमिति सदस्य महेश श्रेष्ठको नेतृत्वमा एनआरएनमा नयाँ नेतृत्व निर्बिरोध रुपमा चयनभयो। त्यसबाट ओलीले तीन बल्ड्याङ्ग खाए, सायद हल्का जरो नै आएको थियो होला।
दोश्रो कारण कांग्रेसलाइ दावाव
नेपाली कांग्रसलाइ पार्टी भित्र र बाहिर सबैतिरबाट दवाव आयो। कांग्रेस महामन्त्री गगन थापा समूहले देखावटी पारेपनि मन्त्री फेर्ने तर एमालेसंगै बस्नेमा छन। जे सुकै भने पनि भारत, अमेरिका, युरोपीय दवास एमाले नबोक्नतिर छ। उद्योगपति, ब्यापारी, नागरिक सबैको दवास एमाले त्याग्न छ। त्यसैले पछिल्लो समीकरण कांगेस, माओवादी, रास्वपा र एकिकृत समेतको सरकार बन्ने छ तर सरकार चाहिं कांग्रेस एक्लैको हुने अनुमान छ।
भनिए अनुसार शेरबहादुर देउबा प्रधानमन्त्री, वर्षामान पुन गृहमन्त्री, स्वर्णीम वाग्ले अर्थमंत्री भनिएको छ तर रास्वपाले सत्ता समिकरण बदलिए सरकारलाइ समर्थन गर्ने तर सरकारमा नजाने पक्का भएको छ।
तेश्रो कारण शक्तिको दुरुपयोग
बिनाकारण रास्वपा सभापति थुनामा राख्नु, राजाबादीहरुको प्रदर्शनलाइ बढी हिंसात्मक बनाउनु, शिक्षिक आन्दोलनलाइ हिँसामा बदल्न बल प्रयोग गर्नु। नागरिक सुरक्षा नहुनु। मनोनयन र विवादित कुरामा पनि एमाले एक्लै जानु, कानुन र बिधि बिपरित काम गर्नु। घुस र भ्रष्टाचारीलाइ जोगाउनु नै ठुलो कारण बन्यो।
अन्तमा,
मे ५, २०२५ सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा एमालेका सांसद सूर्य थापाले सत्ता साझेदारबिच भएको संयन्त्रको अभ्यासमा समस्या आएको र त्यसलाई खारेज गर्नुपर्ने बताए। यसको अर्थ सत्ता धरापमा छ।