Headlines

मन्त्रीलाई एयरलिफ्ट, अरुलाई मालगाडीमा कोचेर अस्पताल, विभेदको पराकाष्ट

नेपालको वर्तमान कांग्रेस-एमाले सरकार अटोक्रेसी छ भन्ने कुरा धेरै कारणले प्रमाणित भएको छ। पहिलो त कांग्रेस र एमाले नेताले गरेको अपराध माथि पनि मुद्धा दर्ता नगरिनु दोश्रो मुद्धा नै नलाग्नेलाइ एक पछि अर्को गर्दै बिनाकारण कस्टाडीमा राख्नु। 

यति मात्र होइन कस्टडीमा ब्लड प्रेसर चेक गर्न पनि नदिनु तर एमाले नेता तथा प्रधानमन्त्री खड्गप्रसाद ओलीको पिउने पानी पनि जापान देखी मगाउनुको पराकाष्ट पनि जोडिनु पर्छ।

यो हप्ता नेपालमा समान खाले दुइ वटा दुखद घट्न घटे, एउटा पोखरामा अर्को काठमाण्डौमा। पोखरा घटनामा तिनै सरकारी भ्रष्टनीतिका कारण मन्त्री र मेयर पनि आफैं दुर्घटनामा परेको कुरा सबैले बुझे। दुर्घटना जो र जसमाथि भएको भए पनि दुखद कुरा हो। तर यसको पछाडी पनि सरकारी भ्रष्ट नीति नै देखियो। सुरक्षा र मापदण्ड कसले हेर्ने हो ? यसको तलासमा घटनाको जवाफ आउँछ। 

गत माघ २४ मा काठ्माण्डौको कमलपोखमा रहेको शान्दार मम पसलमा ग्यास विस्फोट हुँदा ११ जना घाइते भए। घाइतेमध्ये ४ जनाको उपचारका क्रममा कीर्तिपुर वर्न अस्पतालमै मृत्यु भइसकेको छ। रातोपाटीका अनुसार, मृत्यु हुनेहरूमा मम पसलमा काम गर्दै आएका काभ्रेको बेथानचोक घर भइ कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामा, उदयपुर घर भएका २२ वर्षीय प्रदीप तामाङ, हेटौंडा घर भएका १८ वर्षीय रविन राई र उदयपुर घर भएका २० वर्षीय भीम बहादुर घले छन्।

विभेदी सरकार

सरकारले पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा भएको बलुन विस्फोटको विषय छानबिन गर्न आठ सदस्यीय छानबिन समिति गठन गरेको छ। किनकी त्यसमा एमालेका अर्थमन्त्री विष्णु पौडेल तथा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य थिए। तर काठमाण्डौ घटनामा भने न त उपचार राम्रो भयो न सरकारले मृतक माथि नै कुनै चासो देखायो। के यो सरकार पापी होइन?

रातोपाटी लेख्छ, काठमाण्डौ दुर्घटनामा घाइतेलाई अस्पताल लैजाने सामान्य विषयमा समेत अत्यन्तै ठूलो विभेद गरियो। ग्यास विस्फोटको घटनामा जलेर उपचारका लागि अस्पताल लैजाँदाको दृश्य भने हृदयविदारक थियो। राजधानीको मुटुमा रहेको त्यो स्थानमा समयमै एम्बुलेन्स समेत नपुगेपछि घाइतेलाई मालवस्तु बोक्ने गाडीमा कोचेर अस्पताल पुर्‍याएको थियो। अर्थमन्त्री  पौडेल र मेयर आचार्यलाई सोही अस्पतालको सघन कक्षमा चार-चार टोली राखेर उपचार गरियो। तर ग्यास विस्फोटमा परेर घाइते भइ मृत्युशैयामा पुग्दा समेत अस्पतालमा राज्यको चसो देखिएन। घटनाको चार दिनपछि मात्रै स्वास्थ्यमन्त्री प्रदीप पौडेल घाइतेको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका थिए। उनीबाहेक अरू कसैको उपस्थिति देखिएको छैन। घाइते भएकामध्ये चार जनाले ज्यान गुमाइसक्दा अरु घाइतेको अवस्था समेत गम्भीर रहेको देखिन्छ।

Leave a Reply