तनहुँको बन्दीपुर गाउँपालिका ६ का वडाध्यक्ष बलबहादुर गुरुङले भुक्तानीको विषयलाई लिएर वडा अध्यक्षले घाँटी न्याकेर वडा सचिव नवीन भुसालमाथि कुटपिट गरेका थिए। यस बिषयलाई लिएर कर्मचारी संगठनहरुले बिज्ञप्ति निकालेर घटनाको विरोध गरेका छन्। कर्मचारीको दबाबपछि प्रहरीले वडा सचिवलाई कुटपिट गरेको आरोपमा प्रहरीले पनि वडा अध्यक्ष गुरुङलाई पक्राउ गरेको छ।
तनहुँमा वडा सचिवलाई कुट्ने वडा अध्यक्ष
