Headlines

Thanksgiving को शुभकामनाका साथमा छोटो चर्चा

कृष्ण के सी, अमेरिका, नोवेम्बेर २८, २०२४ 

Thanksgiving अर्थात टर्की खाने दिन भनेर चिनिने यो पर्व हरेक बर्ष फल सिजनमा पर्दछ। यो पर्व बिश्वोका धेरै देशमा मनाइन्छ तर अमेरिकामा चाहिं Thanksgiving को दिन नेशनल होलिडेकै रुपमा मनाइन्छ। 

कतिपय देशमा Thanksgiving अक्टुवर देखि नोवेम्बर सम्म मनाइन्छ। खासगरी United States, Canada, Saint Lucia, Liberia ले राष्ट्रिय रुपमा मनाउँछन्। Brazil र Germany ले पनि मनाउँछन र Australian, Norfolk Island, Japan, Thailand, Korea लगात धेरै देशमा Thanksgiving मनाइन्छ।

इतिहासलाइ हेर्ने हो भने यसलाई बाली भित्र्याउने चाडको रुपमा सुरु Blessings of the harvest भनेर चर्चा गरिएको पाइन्छ। नर्थ अमेरिकामा होलिडे सिजनमा पर्ने परीवार भेटघाट गर्ने ठुलो र रमाइलो चाड हो। व्हाइटहाउसमा राष्ट्रपतिद्वारा टर्की पार्ड्न गर्ने र टर्की राख्ने दिनको बिधि गत हप्ता नै सम्पन्न भएको छ। यसपछि फर्स्ट लेडीले क्रिस्टमस ट्रिको स्वागत गर्ने दिन आउँछ। 

Thanksgiving चाड Protestant Reformation र English Reformation जस्ता इतिहासका पाटामा धर्मसंग जोडिएको छ। तर पछिल्ला बर्षमा Thanksgiving को बिशेषता भनेको टर्की र यसका परिकार बनाउने, ठुला-बडाको घरमा खान जाने, भेटघाट गर्ने र शुभकामना लिने-दिने नै मुख्य चलन हो। 

Thanksgiving को समयमा अमेरिका हवाई र स्थलमार्ग गरेर ठुलो संख्यामा यात्रीहरु आफन्त भेट्न आवागमन गर्छन। नेपालको दशैंमा खशी खाने आफ्नो घर र ठुलाबढाको घर जाने दिन पनि हो। Thanksgiving मा टर्कीका परिकार खाने, साथमा चुस्त वाइन पिउने, बाहेक सकर खेल्ने, परेड गर्ने जस्ता गतिबिधि पनि हुन्छन। सजावटमा भने फल सिजन भएकाले झरेका पत्कर र हलोविन देखि सुरु हुने फर्सीको सजावट गरिन्छ।

यो बर्षको Thanksgiving को सबैलाई हार्दिक शुभकामना !