ललितपुरको आदर्श शौल महाविद्यालय निर्माणमा सांसद कार्कीको प्रयास
ललितपुरको वडा न: २५ मा रहेको आदर्श शौल महाविद्यालयको निर्माणमा देखिएको अनियमितताको समाधान तथा वैधानिक प्रक्रियाले निर्माण गराउन विगत दुई वर्षदेखि निरन्तर प्रयास गरिरहेका छौं। प्रक्रिया नपुर्याइकन सामुदायिक वनको जग्गामा निर्माण सुरु गरिएकोले निकै विवादास्पद भएर निर्माण प्रक्रिया रोकिएको अवस्था थियो। हामीले पटकपटक सर्वपक्ष संवाद गर्यौ, वन उपभोक्ता समितिसँग, वन डिभिजन कार्यालय, क्याम्पस व्यवस्थापन समिति,…
