Headlines

नेपाललाइ प्रदान गरिएको TPS अगष्ट ५ देखि समाप्त, ७ हजार भन्दा धेरै प्रभावित

अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्यूरिटी (DHS) ले नेपालको लागि प्रदान गरेको Temporary Protected Status (TPS) सुविधा अगष्ट ५, २०२५ मध्ये राती देखि लागु हुनेगरी अन्त गर्ने निर्णय गरेको छ। 

अप्रिल २५, २०१५ मा नेपालमा गएको ७.८ म्याग्निच्युडको भूकम्पबाट भएको विनाशका कारण जुन २०१५ मा अमेरिकाले त्यो समय अमेरिकामा रहेका नेपाललाई अस्थायी रुपमा अमेरिकामा बस्नको लागि TPS को सुविधा दिएको थियो। सो TPS सुविधाबाट करिब ७, ८७५ नेपाली प्रभावित हुने भएका छन्।

नेपालको पछिल्लो अवस्थाको समीक्षा गर्दै Secretary of Homeland Security, Kristi Noem ले नेपालको लागि सो निर्णय गरेकी हुन्। नेपालको लागि TPS आजको ठीक ६० दिनपछि, अगस्ट ५, २०२५ को राती ११:५९ बजे समाप्त हुनेछ। त्यसपछि DHS ले डिपोर्ट गर्न इन्फोर्स गर्न सक्नेछ। 

DHS ले सूचनामा भनेको छ, यदि कोहि नेपाली हाल नेपालको लागि प्रदान गरिएको TPS सेवामा मात्र हुनुहुन्छ र अन्य कुनै थप कानुनी फाइलका कारण अमेरिका बस्ने आधार छैन भने तपाईंले नेपाल फर्कनु पर्नेहुन्छ। यदि तपाईं भोलेण्टरी रुपमा अमेरिका छोड्ने विचारमा हुनुहुन्छ भने तपाईं CBP Home मोबाइल एप प्रयोग गर्न सक्नुहुन्छ।

Leave a Reply