Headlines

एमाले ओली नेतृत्व सरकारको मानव तस्करी र विपक्षी दलको अडान

उसो त नेपाली संसद बिघटन र अबरुद्ध हुने कुरा पुरानै प्राक्टिस हो। सत्तावालाले प्रतिपक्षलाइ नगन्ने अनि प्रतिपक्षले बाध्य भएर संसद अबरुद्ध गर्ने। 

हुन त संसदमा १४ महिना पहिला पनि नेपाली कांग्रेसका नेता वर्तमान गृहमन्त्री रमेश लेखकले नीति र नैतिकताको कुरा राख्दै तत्कालिन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाइ बिना आधारको सहकारी काण्ड भन्दै राजिनामा दिनुपर्ने भन्दै जोड गरेका थिए। अहिले तिनै गृहमन्त्री लेखकको राजनीनामा त्यो पनि ४ सय करोड भन्दा धेरै मानव तस्करी गरेको प्रमाणित काण्डमा आरोपीको रानिनामा माग्दै संसद अबरुद्ध छ। 

अहिलेको संसद अबरुद्धको मुख्य योजनाकार रास्वपा थियो तर त्यसलाई बिचमा घुसेर माओवादीले पनि हिस्स गरेको छ। सरकारले चाहिं रास्वपा सुन्न पनि नसकेर माओवादी नेता पुष्पकमल दाहाललाइ गुहार्दैछ।

हिजो जुन ३, २०२५ का दिन रास्वपाकी नेत्री तथा सांसद डा. तोसीमा कार्कीलाइ जानकारी लिंदा उनले भनिन, हाम्रो एजेण्डा एथावत् छ। केवल सत्तापक्षको अनुनय बिनयलाइ सुनिदिएको मात्र हो, संसद अबरुद्ध निरन्तर रहन्छ। गृहमन्त्रीको राजिनामा नै अन्तिम बिन्दु हो। यही प्रकरणमा सत्ता र प्रतिपक्षबिच कुरा नमिल्दा ४ दिनसम्म प्रतिनिधिसभामा बैठक चल्न सकेको छैन।

प्रतिनिधिसभाको १३ गतेको बैठकमा प्रमुख प्रतिपक्षी दलहरु नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) लगायतले गृहमन्त्री रमेश लेखकले मार्ग प्रशस्त गर्नुपर्ने माग गर्दै संसद् अवरोध गरिरहेका छन्।

भिजिट भिसामा विदेश जानेहरूबाट रकम असुली प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सहसचिव तीर्थराज भट्टराईलाई छापा मारी नियन्त्रणमा लिएपछि यो काण्ड खुल्न गएको हो।

Leave a Reply