Headlines

कुवेतमा रहेका सिमोन भट्टराईमाथि झोलेहरुको सांघातिक आक्रमण

कुवेत सिटी। गत ७ जुन २०२५ मा सोल्टी ग्रुप कुबेतको आयोजनामा गरिएको कार्यक्रममा सिमोन भट्टराईमाथि सांघातिक हमला भएको छ। कुवेतको जिलिबस्थित अस्पाएर इण्डियन स्कुलको सभाहलमा कार्यक्रम आयोजना गरिएकाे सो कार्यक्रमका लागि नेपालबाट दुर्गेश थापासहितका कलाकारहरु बोलाइएको थियो।

सोल्टी ग्रुपले आयोजना गरेको सो कार्यक्रमस्थलमा सिमोन भट्टराईमाथि आफूलाई एमाले झोले पक्ष भनेर आफूलाइ चिनाउने मानबहादुर तमाङ उर्फ दिलकुमार पाख्रिन, दामोदर बटाला र हर्कमान मोक्तानले भट्टराइ माथि सांघातिक रुपमा आक्रमण गरेका छन्।
संगीतमय कार्यक्रममा आक्रमण हुनु अत्यन्तै लज्जास्पद, निर्मम र मानवता विरोधी अपमान हो। जहाँ मानिसहरू खुसी, शान्ति र साङ्गीतिक आनन्दको खोजीमा पुग्छन् त्यस्तो ठाउँमा हिंसा हुनु केवल निर्दोष मानिसहरूप्रति होइन सभ्यता र संस्कृतिप्रतिको हमला हो।

सोल्टीमार्टले आयोजना गरेको कार्यक्रममा सिमोन भट्टराईमाथि नै उनीहरूको आक्रमण किन ? 

सिमोनलाई उनीहरूकै कार्यक्रमस्थलमा आक्रमण भएकाे छ। उनीहरूकै कार्यक्रममा आक्रमण गर्नुको मुख्य उद्देश्य भनेको हामी झोलेहरु झोला होइन गुण्डागर्दीमा पनि उत्रिन्छौं भनेर देखाए। कार्यक्रम भएको स्थलमा सिमोन भट्टराईलाई पहिलेदेखि नै दामोदर बटालाले पिछाइरहेको भइन्छ। सार्वजनिकस्थलमा भट्टराईलाई गालीगलौज गर्दै आक्रमण गरे। आक्रमण गर्ने व्यक्तिहरू तीन/चार जना पहिचान भएको छ भने बाँकी केहिको पहिचान हुन बाँकी नै छ।

यी व्यक्तिहरू कुवेतमा एक किसिमको अराजकता फैलाउने झुण्ड हुन्। बिगतमा जस्तै यो घटना हुँदा नेपाली दूतावास कुवेतका राजदूत घनश्याम लम्साल कार्यक्रम स्थलबाट बाहिर जाने बित्तिकै भएको थियो। रणध्वज लामा आफै आयोजक मध्ये एक भएकाले यो घटनाबारे आयोजक टिमले कुनै प्रतिक्रिया दिएको छैन।त्यहाँका केहि नेपालीहरुले सबै तथ्य जम्मा गरेर स्थानीय प्रहरीलाइ बुझाउने तयारी गरेका छन्।  

Leave a Reply