महाङ्काल प्रज्ञा-प्रतिष्ठानको तेस्रो प्राज्ञ सभा सम्पन्न, तीन कृति सार्वजनिक

Spread the love

केदारनाथ दाहाल/ललितपुर महाङ्काल प्रज्ञा प्रतिष्ठानको तेस्रो प्राज्ञ सभा एक भव्य समारोहबीच सम्पन्न भएको छ। प्रतिष्ठानका कुलपति गणेश बहादुर के.सीको अध्यक्षतामा तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

२०७९ सालमा स्थापना भएको महाङ्काल प्रज्ञा प्रतिष्ठानले साहित्य, भाषा, संस्कृति र समाजको अध्ययन, अनुसन्धान तथा प्रवर्द्धनमा सक्रिय भूमिका खेल्दै आएको छ। यसै सन्दर्भमा तेस्रो प्राज्ञ सभाले तीन महत्वपूर्ण कृति सार्वजनिक गर्दै आफ्नो प्राज्ञिक यात्रामा एक नयाँ अध्याय थपेको छ।

कार्यक्रममा निम्न तीन पुस्तकको लोकार्पण गरिएको थियो ।

महाङ्काल प्राज्ञिक पत्रिका— प्रतिष्ठानद्वारा प्रकाशन गरिएको प्राज्ञिक पत्रिका रत्न विरही घिमिरे,तामाङ–नेपाली द्विभाषिक शब्दकोश-कोशकार झन्ज बहादुर गोले र बिना न्यासुर, र बराम जातिको सामाजिक, सांस्कृतिक एवं जनसाङ्ख्यिक अध्ययन — लेखक टङ्क लामा थोकरद्वारा तयार पारिएको थियो।

सभामा पालिका प्रवक्ता एवम् प्राज्ञ परिषद् सदस् जोनीकुमार न्यासुरले स्वागत मन्तव्य व्यक्त गरेका थिए। प्रतिष्ठानका उपकुलपति तथा प्राज्ञ परिषद् अध्यक्ष रामसुन्दर के.सीले वार्षिक प्रगति प्रतिवेदन तथा आगामी वर्षको कार्यक्रम र बजेट प्रस्तुत गरेका थिए।

कार्यक्रममा विशिष्ट अतिथि जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुँयाल, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ चेतनाथ धमला, नेपाल बराम संघका केन्द्रीय अध्यक्ष भद्रकुमारी बराम, साझा प्रकाशन लेखा समितिका संयोजक वशिष्ठ अधिकारी,कोन्ज्योसोम प्रज्ञा प्रतिष्ठानका अध्यक्ष गोपाल संजेल, लगायत विविध क्षेत्रका विशिष्ट व्यक्तिहरुले महाङ्काल प्रज्ञा प्रतिष्ठानले गरेको कार्यको प्रसंसा गर्दै शुभकामना मन्तब्य राखेका थिए।

कार्यक्रममा लेखकत्रय रत्न विरही घिमिरे,झन्ज बहादुर गोले र टङ्क लामा, प्रमुख प्रशासकीय अधिकृत सन्दिप न्यौपानेलगायत वक्ताहरूले मन्तव्य व्यक्त गर्दै लोकार्पित कृतिहरूको महत्व र योगदानको चर्चा गरे। कार्यक्रममा साहित्यिक सर्जकहरूले आफ्ना सिर्जना वाचन गरी कार्यक्रमलाई थप रचनात्मक बनाएको थियो।

कार्यक्रमको समापनमा पालिका उपाध्यक्ष डोल्मा माया गोलेले कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाउन सहयोग गरेको भन्दै उपस्थित सबैप्रति आभार व्यक्त गरेकी थिइन्। कार्यक्रमको सञ्चालन प्राज्ञ परिषद् सदस्य तथा वडा नं. ५ का अध्यक्ष भूमिनन्द घिमिरेले गरेका थिए।

कार्यक्रममा महाङ्काल गाउँपालिकाका वडा अध्यक्षहरू, विभिन्न विद्यालयका प्रमुख, प्राज्ञ सभा सदस्यहरू, साहित्यकार, संस्कृतिकर्मी, शिक्षक, पत्रकार तथा स्थानीय जनसमुदायको सक्रिय सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *