Headlines

रास्वपा निर्दिष्ट आगामी प्रधानमन्त्री लामिछाने, अन्य दल अलमल

नेपाली राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मात्रै एउटै सिधा लाइनमा स्थिर रुपमा निर्दिष्ट भएर राजनीतिमा गएको छ। चाहे सत्ताको प्रतिसोध खेप्नु परोस या खुला राजनीतिमा नै किन नहोस। तर पछिल्लो समय नेपाली राजनीतिमा भनिएका ठुला दलहरुको झोले र खोलेहरुको राग, प्रतिराग, सोध-प्रतिसोध र अन्योलमा चलेको छ।

रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले कारागारभित्रै रहे पनि आफ्नो पार्टीको आगामी महाधिवेशनबाट पार्टी सभापति रवि लामिछाने नै हुने र ०८४ मा सबैभन्दा ठूलो दल भएको खण्डमा प्रधानमन्त्री पनि रवि नै हुने स्पष्ट दावी गरेका छन्।

नेपाली कांग्रेसको आगामी महाधिवेशनबाट सभापति शेरबहादुर देउबा तेश्रो पटक उम्मेदवार नहुने भएपछि उनको गुटमा ठुलै प्रतिस्पर्धा चलेको छ। गत महाधिवेशनमा धोका नदिएका भए बिमलेन्द्र निधिको पालो पक्का थियो। अब देउबाको टिमबाट डा. शशांक कोइराला सभापतिका उम्मेदवार हुने पक्का छ भनिन्छ। तर शशांक जित्नेमा भने आशंका गरिन्छ। त्यसैले डा आरजु देउबा राणा आफैं प्रतिस्पर्धी हुने कुरा पनि “प्लान बी” छ भनिन्छ। 

उता डा. शेखर कोइरालाको अभियान तिब्र छ। केहि समय चर्चामा आएपनि महामन्त्री गगनकुमार थापाको राजनीति चेपुवा र धरापमा परेका कारण सभापतिको अभियान छोडेका छन्। उनि डा कोइरालाका क्याम्पमा उपसभापतिको उम्मेदवार हुने कुरा उनका निकटहरुले बताएका छन्।

एमालेको कुरा गर्ने हो भने साँचो आर्थमा यो दल झोले नै भएको छ। झोला बोकेर कहिले के माग्छ त कहिले के। केपी ओलीसंग असन्तुष्टको लुर्को ठुलो छ तर भिम रावल जस्तै पजनीमा पर्ने डरले सबै चुप छन्। यदि पूर्व राष्ट्रपति बिद्यादेवी भण्डारी प्रतिस्पर्धी आउने भएमा उनको बाटो सहज देखिन्छ। तर उनलाई पनि ओलीले नै आरु नआउन भनेर बल्छी थापेको भनिन्छ। जे भएपनि एमाले अन्योलमा छ। 

माओवादीको दलमा प्रचण्ड भएसम्म अरु कुनै पनि नेताको संभावना नै हुनेवाल छैन। उसै त कम्युनिष्ट पार्टी त्यसमा पनि उनि सक्रिय राजनीतिमा छन्। तर पनि जनार्दन शर्मा र बर्षामा पुनबीच प्रतिस्पर्धाको लफडा भने चलेको छ।

Leave a Reply