एनआरएनए उच्चस्तरीय समितिका सदस्यहरूले दिए राष्ट्रपति पौडेललाई निम्तो
काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को यही वैशाख २० देखि २२ गतेसम्म (मे ३-५, २०२५) काठमाडौँमा हुन गइरहेको एकता महाधिवेशनको उद्घाटन गरी दिन एनआरएनए उच्चस्तरीय समितिका सदस्यहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर निम्तो दिएका छन्। सोमबार बिहान राष्ट्रपति कार्यालयमा भेटेर उनीहरूले निम्तो दिएका हुन्। उक्त अवसरमा उच्चस्तरीय समितिकी सदस्यसचिव जानकी गुरुङले महाधिवेशनका लागि तयारी अन्तिम…
