Headlines

दुःखको घडीमा नेपाल भारत सरकारको पक्षमा छ:परराष्ट्रमन्त्री डा. देउबा

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सदैव आतंकवादी हमलाको यो दुखद घडीमा नेपाल भारत सरकार र भारतिय जनता को पक्षमा रहेको र आतंकवादको विपक्षमा रहेको र जुनसुकै प्रकार र प्रकृतिको आतंकवादको कडा शब्दमा निन्दा गर्ने बताएकी छन्।

भारतको काश्मीरको पहलगाममा भएको आतंककारी हमलामा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपालस्थित भारतीय दूतावासद्वारा आयोजित सभामा उनले सो कुरा बोलेकी हुन्।

उनले नेपालले आतंकवादको सबै स्वरुप र अभिव्यक्तिहरूको कडा निन्दा गर्दै आतंकवादी क्रियाकलापको सदैव विपक्षमा उभिन्छ, आतंकवादका विषयमा व्यवहार गर्दा कहिल्यै दोहोरो मापदण्ड अपनाउन नहुने, नेपाल आफ्नो भूमि कुनै पनि आतंकवादी समूहले कुनै पनि कारण र कुनै पनि देश तथा जनताका विरुद्ध प्रयोग गर्न नसकोस् भन्ने पक्षमा दृढतापूर्वक प्रतिबद्ध रहेको पनि स्पष्ट पारिन्।