Headlines

ठगीमा फरार कांग्रेस सांसद राई बल्ल पक्राउ

सहकारी ठगीमा संलग्न रहेर फरार रहेकी नेपाली कांग्रेसकी सासद माया राईलाइ जोगाउंदै आएको नेपाली कांग्रेसले यो पटक जोगाउन सकेन सात महिनापछि बल्ल पक्राउ परेकी छिन्। 

कांग्रेस गृहमन्त्री रमेश लेखकोको ठाडो आदेशमा जोराइएकी राइ यो पटक भने पक्राउमा परिन। सहकारी ठगीको मुद्दामा उनलाई कपनबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले बताएका छन्। 

संलग्न प्रमाणित नभएको र अदालतको फैसला नै नपुग्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभपति रवि लामीछानेलाइ राता-रात गैरकानुनि गिरफ्तारी गरेको सरकरले राइलाइ भने जोगाउँदै आएको थियो। त्यसैगरी धनराज गुरुङ लगाएलाइ पनि उन्मुक्ति दिंदै आएको छ।

राइलाइ कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको ठगीमा उनको संलग्नता पुष्टि भएको छ। उनी स्वर्णलक्ष्मी सहकारीको दुई कार्यकाल सञ्चालक बसेकी थिइन्। त्यही समयमा बचतकर्ताको रकम हिनामिना भएको थियो। सहकारीका मुख्य सञ्चालक जिबी राई भने अझै फरार छन्। भोजपुर स्थायी घर भएकी राई समानुपातिकतर्फबाट प्रतिनिधिसभा नेपाली कांग्रेसको सदस्य बनेकी हुन्।

तर अचम्मको कुरा फरारकै अवस्थामा पनि उनले तलबभत्ता बुझ्दै आएकी थिइन्। फरार रहेकी उनले शुक्रबार संसद पुगेर नै हाकाहाकी हाजिर गरेको प्रमाण नेपालली संचारमा आएको थियो। त्यसपछि सरमिन्दा भएको सरकारले उनलाई पक्राउ गर्न निर्देशन दिएको बताइन्छ।

Leave a Reply