राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले राष्ट्रिय समस्या पहिचान र समाधानमा संसदमा रहेका दलबीच खुला ह्दयका साथ छलफल गर्ने वातावरण निर्माणमा सबै पार्टीको शीर्ष नेतृत्व र सरकारको ध्यानाकर्षण गराएका छन्।
शुक्रबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले आरोप र प्रत्यारोपको अन्त्यहिन दोहोरी, गणितिय शक्तिको बलमा उत्पन्न हुने अहंकारको प्रदर्शनलाई न्यूनिकरण गर्दै जनताको समस्या सम्बोधन गर्नुपर्ने बताए ।
उनले भने, यो बाहेक आरोप र प्रत्यारोपको अन्त्यहिन दोहोरी, गणितिय शक्तिको बलमा उत्पन्न हुने अहंकारको प्रदर्शन र विपक्षी भएका कारण जायज पक्ष र आवाज समेत नसुन्ने प्रवृत्ति न्यूनिकरण गर्दै राष्ट्रिय समस्या पहिचान र समाधान तथा नागरिकका आकांक्षा सम्बोधनमा संसदमा रहेका दलबीच खुला ह्दयका साथ छलफल गर्ने वातावरण निर्माणमा सबै पार्टीको शिर्ष नेतृत्व र सरकारको ध्यानाकर्षण गराउँदछु। बजेटमा सिमित आर्थिक स्रोतको जोहो पनि गर्ने तर कार्यान्वयन पटकै नहुने प्रवृत्तिको निरन्तरतामा क्रमभंगता चाहिएको पनि उनको भनाई छ ।
उनले भने, नीति तथा कार्यक्रम जनताको आकांक्षा र विकासको दृष्टिकोणबाट आउनुपर्छ न की सत्तारुढ दलको एकलौटी स्वार्थमा नीति तथा कार्यक्रमको बहानामा उडन्ते सपनाको बिस्कुन लगाउने बजेटमा सिमित आर्थिक स्रोतको जोहो पनि गर्ने तर कार्यान्वयन पटकै नहुने प्रवृत्तिको निरन्तरतामा क्रमभंगता चाहिएको छ। यस्तै, उनले विद्यालय शिक्षा र निजामति कर्मचारी ऐन तत्काल बनाउनुपर्ने दबावलाई सचेतपूर्वक स्वीकार गर्दै तिब्र गतिमा काम अगाडि बढाउन पनि सदनलाई आग्रह गरेका छन्।