नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता समीकरण फेरबदलको बिषय हल्ला मात्र भएको बताएता पनि सरकार फेरिने कुरा चाहिं स्वयं प्रधानमन्त्री खड्गप्रसाद ओलीले अन्तरिक रुपमा आफ्नो इच्छाले प्रधानमन्त्री नभएको हुनाले सरकारबाट आफूनो पार्टी मात्र प्रतिपक्ष हुने हुनाले तयार हुन निर्देशन दिएका छन्।
बैंककमा उपचार गरी स्वदेश फर्किएका कांग्रेस सभापति देउवाले सत्ता समीकरण फेरबदल हुने अनावश्यक हल्ला मात्रै भएको बताएका हुन्। तर त्यस बिषयमा उनले धेरै खुलेर बताएरनन। खासमा भने एमाले इतर पार्टीहरुको सरकार बन्ने कुरा राजनैतिक वृत्तले बताएका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदीय दलको बैठकमा देउवा फर्केपछि नयाँ समीकरणको लागि औपचारिक कुराकानी गर्ने जनाएको भोलीपल्ट देउवाले यस्तो धारणा राखेका हुन्।