भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकले जम्मू-कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि पाकिस्तान विरुद्ध कडा निर्णय गरेको छ।
बैठकले सिन्धु जल सम्झौता रोक्ने, अटारी सीमाबाट आवतजावत रोक, पाकिस्तानमा रहेको भारतीय दूतावास बन्द गर्ने र भारतमा रहेको पाकिस्तानी दूतावास पनि बन्द गर्नका साथै पाकिस्तानीहरूको लागि भिसा प्रतिबन्ध र उनीहरूलाई ४८ घण्टा भित्र देश छोड्न आदेश दिएको छ।
बैसरण उपत्यकामा ठुलो संख्यामा पर्यटकहरू उपस्थित भएको बेला आक्रमण भएको थियो। पहलगाम हमलामा २७ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन्। नेपाल र युएईका एक- एक पर्यटक र दुई स्थानीयको पनि मृत्यु भएको छ। बाँकी मृत्यु हुनेहरुमा उत्तर प्रदेश, गुजरात, मध्य प्रदेश, महाराष्ट्र, कर्नाटक, तामिलनाडु र ओडिशाका पर्यटकहरू छन्।