अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको अधिवेशन सम्पन्न, अध्यक्षमा अधिकारी

विश्वभरिका नेपाली सेफहरूलाई एकीकृत गर्ने उद्देश्यसहित क्रियाशील अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नयाँ केन्द्रीय कार्यसमिति शनिबार चयन गरिएको छ । सन २०२५–२०२७ कार्यकालका लागि गठित ३६ सदस्यीय समितिको अध्यक्षमा अरुण अधिकारी निर्विरोध निर्वाचित भएका छन् । भेलामा निर्वाचित कार्यसमितिले नेपाली खानाको अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसार, गुणस्तर अभिवृद्धि तथा नेपाली सेफहरूको पेशागत क्षमता विकासमा संस्थागत रूपमा क्रियाशील हुने प्रतिबद्धता…

Read More

एभरेष्ट नेपाल कल्चरल ग्रुपको बैंकक प्रस्तुति

एभरेष्ट नेपाल कल्चरल ग्रुपले  थाइल्यान्डको राजधानी बैंकक तथा पत्तयामा  आयोजित अन्तर्राष्ट्रिय लोक साँस्कृतिक आदानप्रदान कार्यक्रममा नेपालको तर्फबाट गौरवमय प्रस्तुति दिएर फर्किएको छ । तीन दशक भन्दा लामो समयदेखि साँस्कृतिक आदान प्रदान गर्दै विश्वसामु नेपाललाई परिचित गराउँदै आइरहेको ‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डको राजधानी बैंकक तथा पत्तयामा  आयोजित अन्तर्राष्ट्रिय लोक साँस्कृतिक आदानप्रदान कार्यक्रममा नेपालको तर्फबाट…

Read More

एनआरएनए महाधिवेशनको तयारी अन्तिम चरणमा:उच्चस्तरीय समिति

गैरआवासीय नेपाली संघ एनआरएनए उच्चस्तरीय समितिले मे ३–५, २०२५ मा काठमाडौँमा आयोजना गर्न लागेको  एकता महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । सदस्यता वितरणको काम सम्पन्न भए पछि  अहिले पूर्णरुपमा डेलिगेट्स (प्रतिनिधि) छनोटको काममा व्यस्त रहेको सचिवालयले जनाएको छ । यही  अप्रिल २२ तारिख (नेपालको समय राती १२ बजे सम्म) सचिवालयको वेबसाइट (www.nrnahlc.com )…

Read More

नेपाली मुलका बिश्वभरका सेफ काठमाडौँ फुड फेस्टिभल हुँदै

विश्वभरका नेपाली सेफहरू काठमाडौँमा भेला भएका छन् । अन्तर्राष्ट्रिय सेफ सोसाइटीको आयोजनामा राजधानीको भृकुटीमण्डपमा आयोजित फुड फेस्टिभलमा सहभागी हुन उनीहरू काठमाडौँ आएका हुन् । बुधबारसम्म दर्जनौँ सेफहरू आइसकेको र यो क्रम जारी नै रहेको बताइएको छ ।  नेपाली सेफहरूको व्यक्तित्व विकास तथा नेपाली खानाको स्तरोन्नतिका लागि भन्दै सोसाइटीले वैशाख ६ गते भृकुटीमण्डपमा फुट फेस्टिभल गर्न…

Read More

नेपालको राजनीति र मिडियाबारे चर्चा:बरिष्ठ पत्रकार राजेन्द्र दाहाल र बबिता बस्नेत

नेपालको राजनीति र मिडियाबारे चर्चा:बरिष्ठ पत्रकार राजेन्द्र दाहाल र बबिता बस्नेतसँग नयाँ वर्ष २०८२ को पूर्व सन्ध्यामा नेपालको राजनीति र मिडियाबारे चर्चा: बरिष्ठ पत्रकार राजेन्द्र दाहाल र बरिष्ठ पत्रकार बबिता बस्नेतसँग साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ।  ग्लोबल नेप्लिज न्युज नेटवर्क (जीएनएन) द्वारा आयोजित कार्यक्रममा बरिष्ठ पत्रकार भगिरथ योगी र हलिउडखबरका संचालक-संपादक कृष्ण केसीदेवारा मोडरेट गरिएको…

Read More

एनआरएनएका पूर्व अध्यक्ष हिराचनको संयोजकत्वमा निर्वाचन अनुगमन समिति गठन

गैरआवासीय नेपाली संघ (एनआरएनए) को सर्वोच्च अदालतको परमादेशद्वारा गठित उच्चस्तरीय समितिको बैठक अप्रिल १३, २०२५ मा बसेको छ। बैठकले अन्य विभिन्न एजेन्डाका साथमा मे ३-५, २०२५ मा आयोजना गरिएको एकता महाधिवेशनमा निर्वाचन अनुगमन समिति समेत गठन गरेको छ।  संघका पूर्व अध्यक्ष तथा  उच्चस्तरीय समितिका सदस्य देवमान हिराचनको संयोजकत्वमा ५ सदस्यता निर्वाचन अनुगमन समिति गठन गरेको…

Read More

एनआरएनए महाधिवेशन: प्रतिनिधिले कुनै एक पदमा उम्मेदवार हुन पाउने, पूर्ण प्रजातान्त्रिक 

गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन गराउन नेपालको सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान र नहकुल सुवेदीको संयुक्त इजलासले गत वर्ष चैत २१, २०८० ( अप्रिल ३, २०२४) का दिन एकताको महाधिवेशन गराउन परमादेश जारी गरेको थियो। सोहि परमादेशबाट गठित गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिका संयोजक तथा संघका पूर्व अध्यक्ष डा. शेष घलेको…

Read More

एनआरएनएमा अन्तत रसियन माफिया टोलीले सेफ ल्याण्डिङ्ग मागे

गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन गराउन नेपालको सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान र नहकुल सुवेदीको संयुक्त इजलासले गत वर्ष चैत २१, २०८० ( अप्रिल ३, २०२४) का दिन एकताको महाधिवेशन गराउन परमादेश जारी गरेको थियो। विनोद कुँवर नेतृत्वको एनआरएनएको तर्फबाट राजेश शमशेर राणाले परराष्ट्र मन्त्रालयसहित एनआरएनए केन्द्रीय कार्यालय लगायतलाई विपक्षी बनाएर दायर…

Read More

जय नेपाल फाउन्डेसनको नयाँ वर्ष कार्यक्रमलाई कांग्रेस नेता कोइरालाले सम्बोधन गर्ने

जय नेपाल इन्टरन्याशनल  फाउन्डेसनले नयाँ वर्षको अवसरमा विश्वभरका नेपाली माझ शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्न लागेको  छ । जय नेपाल इन्टरनेशनल फाउन्डेसनको ग्लोबल युथ नेटवर्कले भर्चुअल माध्यमबाट नयाँ वर्ष २०८२ को  स्वागतसँगै   शुभकामना आदान प्रदान गर्ने कार्यक्रम राखेको  छ । अप्रिल १२, २०२५ मा भर्चुअल माध्यमबाट शुभकामना आदानप्रदान गरिने फाउन्डेसनका प्रवक्ता लाल प्रसाद…

Read More

एनआरएनएमा अब सम्पूर्ण ध्यान डेलिगेट्सतिर:एनआरएनए उच्चस्तरीय समिति

गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले डेलिगेट्समा केन्द्रीत हुन सबैलाई अपिल गरेको छ । अप्रिल ७ तारिखसम्म तय भएको सदस्यता आवेदनको समय सकिएकाले डेलिगेट्स दर्ताका लागि निवेदन दिन पनि समितिले सबैलाई अपिल गरेको हो । उच्चस्तरीय समितिकी सदस्य सचिव एवं सदस्यता तथा डेलिगेट्स उपसमिति संयोजक जानकी गुरुङले मंगलबार एक विज्ञप्ति प्रकाशित गरेर मे ३–५, २०२५…

Read More

एनआरएनएको सदस्यता लिने अन्तिम दिन आज अप्रिल ७

गैरआवासीय नेपाली संघ  (एनआरएनए) को एकता महाधिवेशनका लागि सदस्य बन्न एक दिन मात्रै बाँकी रहँदा एनआरएनए अभियन्ताहरूले जति सक्दो चाँडो सदस्य तथा डेलिगेट्स बनेर  संस्थालाई प्रजातान्त्रिकरण र सुधार गर्न योगदान दिन आह्वान गरेका छन्। एनआरएनए उच्चस्तरीय समितिद्वारा आइतबार आयोजित वेबिनारलाई सम्बोधन गर्दै उच्चस्तरीय समितिका सदस्य कुल आचार्यले उच्चस्तरीय समितिले  सर्वोच्च अदालतले दिएको जिम्मेवारी पूरा गर्न…

Read More

परपम्परा-संस्कृति संरक्षण-संबर्धनमा तीनै तहको सरकारले ध्यान दिनु जरुरी:राष्ट्रपति पौडेल

नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले बहुजाति, बहुभाषा, परपम्परा र संस्कृति रहेको देशका अमूल्य सम्पदाको विकास, संरक्षण र संबर्धनमा तीनै तहको सरकारले ध्यान दिनु जरुरी रहेको बताएका छन्। पाटन दरबार क्षेत्रमा पुनर्निर्माण गरिएको श्री देगुतलेजु मन्दिर उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सम्पदा संरक्षणमा नागरिकस्तरको सचेतना, जागरुकता र चासो उत्तिकै आवश्यक रहेको पनि बताएका हुन् । उनले भने, भावी…

Read More

राष्ट्रसंघद्वारा भुटानका राजनीतिक बन्दीहरूलाई गरिएको व्यवहारको कडा भर्त्सना

द हेग/संयुक्त राष्ट्र सङ्घका ६ जना विशेष प्रतिवेदकहरूद्वारा हालै सार्वजनिक गरिएको संयुक्त प्रतिवेदनले भुटानमा गम्भीर मानवअधिकार उल्लङ्घनहरू, विशेष गरी राजनीतिक बन्दीहरूलाई गैर कानुनी रूपमा लामो समयसम्म बन्दी बनाइएको व्यवहारप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गरेको छ। उक्त प्रतिवेदनलाई ग्लोबल क्याम्पेन फर द रिलिज अफ पलिटिकल प्रिजनर्स इन भुटान (GCRPPB) र ह्युमन राइट्स वाच (HRW) ले स्वागत गरेका…

Read More

एनआरएनए महाधिवेशनका लागि डेलिगेट्स बन्न फर्म भर्न उच्चस्तरीय समितिको अनुरोध

आगामी मे ३ देखि ५, २०२५ मा  काठमाडौँमा हुन गई रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशनमा भाग लिनका लागि प्रतिनिधि (डेलिगेट) आवेदन खुला गरिएको छ। सर्वोच्च अदालतको परमादेशद्वारा गठित एनआरएनए उच्च स्तरीय समितिले समितिको वेबसाइट (www.nrnahlc.com ) मा गएर डेलिगेट बन्न निवेदन दिन आग्रह गरेको छ। “डेलिगेट बन्न निवेदन दिने मिति २२ अप्रिल २०२५…

Read More

रास्वपा सभापति लामिछाने फेरि गिरफ्तार, अन्तिम इच्छा सोधियो, विधिको शासन रहेन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाइ अप्रिल ४, २०२५ शुक्रबार राती एमाले-कांग्रेसको सरकारले अदालतको हवाला दिंदै मध्येरातमा पक्राउ गरेको छ। अदालतको फैसला सार्वजनिक नहुँदै बिना काजगात प्रहरीको टोली तथानाम बोल्दै तेरा अन्तिम इच्छ के छ बन्दै गिरफ्तार हुन आदेश दिंदै थिए। सायद कम्युनिष्टको सक्कली साशन यहि होला। लामिछानेले फिरफ्तार हुनुपर्ने कारण मागेपछि प्रहरीले छैन,…

Read More

सदस्यता अभियान तीव्र पार्न  जापान र कोरियाको भ्रमण गर्दै शेष घले

गैरआवासीय नेपाली संघ एनआरएनए उच्चस्तरीय समितिका अध्यक्ष  सहितको टोलीले  जापान र दक्षिण कोरियाको  भ्रमण गर्ने भएका छन्। सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय समितिका संयोजक डा. शेष घलेसहितको टोली  जापान र दक्षिण कोरिया जान लागेको हो। मे ३–५, २०२५ मा  काठमाडौँमा एकताको अधिवेशन आह्वान गरेर तयारी तीव्र भइरहेका बेला उच्चस्तरीय समितिका सदस्यसहितको टोली सदस्यता अभियान तीव्र…

Read More

सर्वोच्चको फैसलाको एक वर्ष: कानुनको सर्वोच्चता कायम गर्दै डा. घले, धज्जी उडाउँदै बद्री केसी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन गराउन नेपालको सर्वोच्च अदालतले परमादेश दिएको बिहीबार एक वर्ष पूरा भएको छ। सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान र नहकुल सुवेदीको संयुक्त इजलासले गत वर्ष चैत २१, २०८० ( अप्रिल ३, २०२४) एकताको महाधिवेशन गराउन परमादेश जारी गरेको थियो। विनोद कुँवर नेतृत्वको एनआरएनएको तर्फबाट राजेश शमशेर राणाले परराष्ट्र मन्त्रालयसहित…

Read More

उच्चस्तरीय समितिको साइटबाट सदस्य बन्न एनआरएनए सापकोटा समूहको आब्हान

बेल्जियममा गैरआवासीय नेपाली संघको दुइवटा राष्ट्रिय संगठन छन्। एउटाले यस पहिला नै र अर्कोले टिमले पनि एनआरएनए  उच्चस्तरीय समितिको वेबसाइटबाट सदस्य बन्न आह्वान गरेको छ। एनसीसी बेल्जियमकी एकापक्षकी अध्यक्ष सीता सापकोटाले आफ्नो नेतृत्वको एनसीसी बेल्जियमले उच्चस्तरीय समितिको वेबसाइटबाट  सदस्य बन्न बेल्जियम निवासी सबै एनआरएनहरूलाई आह्वान गर्ने जानकारी दिइन्। सामाजिक सञ्जाल फेसबुकमार्फत एक अपिल गर्दै अध्यक्ष…

Read More

एनआरएनएमा महाधिवेशनको लागि एक्सनको समय आयो: संयोजक डा. घले

गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिका अध्यक्ष डा. शेष घलेले अप्रिल ७, २०२५  भित्र सदस्यता लिएर संस्थागत सुधारको अभियानमा सहभागी हुन आग्रह गरेका छन्। सञ्चारकर्मीहरूसँग भर्चुअल कुरा गर्दै घलेले मे ३–५, २०२५ मा काठमाडौँमा हुन लागेको महाधिवेशन ऐतिहासिक अवसर भएको बताउँदै यसमा सबैलाई समेट्नका लागि प्रयास पनि भइरहेको जानकारी दिए। उनले महाधिवेशनमार्फत संस्थालाई नयाँ दिशा…

Read More

रास्वपाको जन यात्रा चितवनबाट शनिबार सुरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालले नागरिक र देशलाई सर्वोपरि मान्ने पार्टीको क्रान्ति सधैं शान्त र सौम्य हुन्छ त्यसैले सत्तामा बस्नेहरूले प्रतिशोधको ज्वाला दन्काउँदा पनि निर्भिक र निडर भई आफूहरु अटल, अडिग र अविचलित रूपमा अगाडि बढिरहेको दावी गरेको छ। पार्टीले यही यात्राको सुरुवात जन यात्रा देवभूमि चितवनबाट यहि शनिबार सुरु गर्ने भएको छ। रास्वपाले सबैलाई…

Read More