अमेरिकामा नवौं पटक सामुहिक ईही सम्पन्न, संस्कृति जोगाउदै नेवा:नख:

न्युयोर्क, अमेरिका।नेवाः नखः न्यूयोर्कको आयोजनामा नवौं पटक सामुहिक ईही कार्यक्रम सम्पन्न भएको छ। नेपाल सम्वत् ११४५ दिल्लागा एकादशी (जुलाई ६ तारिख २०२५) मा ज्याक्सन हाईटको शेर्पा किदुगंको हलमा भएको ईहीमा अमेरिकाका चार राज्यका ६ जना बालिकाको सहभागिता थियो। ईहीका सहभागीहरू न्युजर्सी, म्यासाच्युसेट, ओहायो र न्युयोर्क स्टेटहरूबाट ईही कार्यक्रमस्थल पुगेका थिए।लुनिभा श्रेष्ठ, ग्रेश प्रधान, जियाना तुलाधर,…

Read More

गोदावरीमा अन्तर्राष्ट्रिय व्यापार प्रवर्धन सम्मेलन सम्पन्न

केदारनाथ दाहाल, ललितपुर, “आर्थिक विकास र साझेदारीको नयाँ यात्रा” भन्ने मूल नाराका साथ “गोदावरी अन्तर्राष्ट्रिय व्यापार प्रवर्धन संवाद-२०८२” भव्य रूपमा सम्पन्न भएको छ। गोदावरी नगरपालिकाको सहकार्यमा मेड इन नेपाल एक्स्पो अस्ट्रेलियाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। गोदावरी नगरपालिकाको बज्रबाराही हलमा आयोजित कार्यक्रममा उपप्रमुख मुना अधिकारीले राजनीतिक नैराश्यता र वितृष्णाका बीच पनि स्थानीय सरकारद्वारा सञ्चालित तालिम…

Read More

आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा तथा वेद व्यास जयन्ती

हरेक बर्ष आषाढ शुक्ल पूर्णिमाका दिनलाइ गुरुपूर्णिमा भनेर गुरुहरुप्रति सम्मान गर्ने गरिन्छ। खासमा यसलाई गुरु ब्रह्मा, गुरु बिष्णु, गुरुदेवो महेश्वर भनेर तिनै देवको नाममा गुरुलाई तुलना गरिएको छ। यसैदीन व्यास जयन्ती समेत परेको हुनाले चारै वेद ‘ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद’ का रचयीता वेदव्यासको सम्झनामा व्यास जयन्ती मनाइन्छ। पछिल्ला समयमा गुरुहरुलाइ उपहार दिने पनि चलन…

Read More

देशभित्र आशा र आत्मविश्वास जगाउनेलाई सम्मान भएन:कुलमान घिसिङ

दुबई।नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले देशभित्र आशा र आत्मविश्वास जगाउनेलाई सम्मान गर्ने वातावरण नबनेको बताएका छन् । विदेशी भूमिमा पसिना बगाइरहेका नेपालीसँग भेटघाट गर्न  बहराइन, ओमान, युएई र कतारको भ्रमणमा रहेका घिसिङले  आशा र आत्मविश्वास देखाउने सम्मान गर्ने वातावरण नबनाएसम्म युवा देशभित्र बस्न सक्ने अवस्था नहुने बताए । युएइको अबुधाबीमा  रहेका नेपाली…

Read More

गिरिजाबाबु धेरै हिम्मत भएको र गणतन्त्र ल्याउने सच्चा नेता हुन:देउवा

काठमाडौं।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय गणतन्त्र स्थापनाको पहिलो श्रेय गिरिजा प्रसाद कोइरालालाई दिनुपर्ने बताएका छन्। शनिबार पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा जय नेपाल फउण्डेशनले आयोजना गरेको ‘सकारात्मक सोच र जय नेपाल फउण्डेशन’ कार्यक्रममा बोल्दै उनले नेपालको इतिहासमा गणतन्त्र स्थापना गर्न हिम्मत गर्ने व्यक्ति भनेको गिरिजा प्रसाद कोइराला भएको बताए । उनले भने, ‘गिरिजा…

Read More

कुवेतका नेपाली दलालहरुद्वारा कामदारमाथि अभद्र व्यवहार, भिडियो सहित

गैरआवासी नेपाली संघ नेपाली संघको नाममा नेपाली कामदारहरु बिशेष गरेर महिला कामदारहरुलाइ एमाले दलका राजदुतको आडमा राजेन्द्र तामाङले अभद्र व्यवहार गरेका छन्। यस्तो व्यवहार कुवेतमा दैनिक रुपमा हुनेगरेको छ। कतिपय जमघटमा रक्सिको मातमा कुट-पिट पनि हुने गरेका छन्।  म्यानपावर कम्पनिको नाममा ठगी गर्ने गिरोह पनि यिनीहरुकै छन्। काम लगाउने नाउँमा ठगी, शारीरिक शोषण सम्म गर्ने…

Read More

पौडेलले गरे जनसम्पर्क समितिको अधिवेशनको मिति प्रस्ताव:बिस्तृतमा

ललितपुर।नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलले नेपाली जनसम्पर्क समितिहरूको अधिवेशन अत्यावश्यक रहेको बताएका छन्।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो धारणा राख्दै उनले यदि आगामी २०८३ मंसिरमा हुने १५ औँ महाधिवेशनमा सबै जनसम्पर्क समितिहरूको सहभागिता सुनिश्चित गर्न अधिवेशनको आवश्यकता औंल्याए। पौडेलले विश्वका ३७ देशमा रहेका जनसम्पर्क समितिमध्ये हाल…

Read More

जुलाई ४ अर्थात् अमेरिकाको जन्म दिन, २५० औं स्वतन्त्रता दिवस २०२५

हरेक बर्ष जुलाई ४ लाइ अमेरिकी स्वतन्त्रता दिवसको रुपमा धुम-धामसँग मनाइन्छ। यो बर्ष जुलाई ४, २०२५ शुक्रबारका दिन अमेरिकाको २५० औं स्वतन्त्रता दिवस परेको छ। जुलाई ४ का दिन अमेरिकी राष्ट्रपतिले व्हाइटहाउसमा बिभिन्न कार्यक्रम सहित अमेरिकी समुदायको लागि बिशेष संदेश दिने गर्छन। २५० वर्ष पहिला आजकै दिन अर्थात १७७६ मा १३ वटा उपनिवेशहरूले ग्रेटब्रिटेनबाट स्वतन्त्र…

Read More

ललितपुरको फूल्चोकी माबीद्वारा एसइइ सम्मान कार्यक्रम सम्पन्न

ललितपुर।गोदावरी नगरपालिका ठैबमा रहेको फूल्चोकी माध्यमिक विद्यालयले एसइइ परीक्षा २०८१ मा ग्रेडेड भएका विद्यार्थीलाई सम्मान गरेको छ। सम्मान कार्यक्रममा बोल्दै गोदावरी नगरपालिका नगरप्रमुख गजेन्द्र महर्जनले गोदावरी नगरपालिकालाई शिक्षाको हब बनाउन सामुदायिक विद्यालयहरूले खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो।  विद्यालयले नतिजा सुधारमा फड्को मारेकोप्रति उत्साहित हुँदै मेयर महर्जनले जिपिए ४ ल्याउने एकमात्र विद्यालय फूल्चोकी सामुदायिक विद्यालय भएकाले…

Read More

कोषाध्यक्ष श्रेष्ठको पहलमा कांग्रेसको मुख्यालयसँग जोडिएको अर्को भवन खरिद

नेपाली कांग्रेसको कोषाध्यक्षमा मनोनित् भएपछि पाटीको सम्पत्ति बढाउन लागि परेका छन्। त्यसैको नतिजाहो आफ्नो केन्द्रीय कार्यालय रहेको ललितपुरको सानेपास्थित परिसरलाई थप व्यवस्थित र फराकिलो बनाउने उद्देश्यले १९ आना जग्गा खरिदको लागि बैना समेत गरेको छ। तर तिनै कांग्रेसका नेता रमेश लेखक गृहमन्त्री भएपछि मानव तस्करी गरेर ४ सय करोडको तस्करी गरेको कुरा ब्यापक छ। अहिलेको…

Read More

डा वाग्लेले टालटुले सुनपानी समिति भनेर बोल्दैमा सभामुखद्वारा माइक च्वाट्टै

सबैलाई जग-जाहेर भएकै कुरा हो की प्रजातन्त्र भएको देशमा संसदका प्रमुख ठुला दलले सत्ता साझेदारी गर्दैनन। त्यो प्रजातन्त्रको बिरुद्धमा हुन्छ। संसदमा ठुलो दलले सरकारको नेतृत्व गर्ने र अन्य दलले साझेदारी गर्ने हुन्छ। तर दोश्रो ठुलो दल प्रतिपक्षमा रहन्छ। अथवा दोश्रो ठुलो दलले सरकार बनाएमा पहिलो ठुलो दल प्रतिपक्षमा बस्छ। तर नेपालमा भने संसदका प्रमुख दुइ…

Read More

एनआरएन एकतामा प्रधानमन्त्री ओली सधैं बाधक:अध्यक्ष श्रेष्ठ

अमेरिका-गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसिसीका अध्यक्ष महेश कुमार श्रेष्ठले एनआरएन एकतामा प्रधानमन्त्री केपी शर्मा ओली नै बाधक बनिरहेको टिप्पणी गरेका छन्। हाल अमेरिकाको भ्रमणमा रहेका अध्यक्ष श्रेष्ठले आफ्नो सम्मानमा  एनआरएनए अमेरिकाद्वारा आयोजित  कार्यक्रममा त्यस्तो  बताएका हुन् । सर्वोच्च अदालतको परमादेशबाट गठित  उच्चस्तरीय समितिले गराएको एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका श्रेष्ठले परराष्ट्र मन्त्रालयले मान्यता दिएर पत्राचार…

Read More

विदेशी नागरिकता लिएकालाइ गैर आवासीय नेपाली नागरिकता मात्र:पूर्व प्रम देउवा

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशको नागरिकता लिइसकेकाहरूलाई नेपाली नागरिकता दिन नसकिने तर गैर आवासीय नेपाली नागरिकता भने दिएको कुरा बताएका छन्। शनिवार ललितपुरमा आयोजित सुगौली सन्धि र नेपालमा नागरिकता पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले ब्रिटिश गोरखा सैनिकहरुले नेपालको नागरिकता निरन्तरताको माग उठाउनु स्वभाविक भए पनि अर्को देशको…

Read More

अग्नि सापकोटा र रमेश लेखकको काण्ड मिलानले माओवादी मत छताछुल्ल

नेपालका कांग्रेस नेता तथा गृहमन्त्री रमेश लेखकले ४ सय करोड भन्दा धेरै मानव तस्करी गरेको आरोप लागेपछि राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) ले उनको राजिनामा माग्दै संसद अबरुद्ध गर्न थाल्यो। त्यसको लोभले माओवादी र नया प्रतिपक्ष दलहरुले पनि सहभागिता जनाए।  त्यसलाई ठिक पार्न एमाले-कांग्रेसहरुले थातीमा रहेको मुद्धा भन्दै माओवादी नेता अग्नि सापकोटालाइ मुद्धा बिउँताए। त्यसपछि माओवादीलाइ…

Read More

जाति र वंशमा आधारित भेदभाव उन्मूलनलाई औपचारिक एजेन्डाको रूपमा समावेश गर्न ‘जी सेभेन’ सँग  माग

काठमाडौँ- क्यानडामा दर्ता भएको गैर सरकारी संस्था, सहयात्रा इन्टरन्याशनल एलायन्स फर सोसल जस्टिस, ले विश्वकै सबैभन्दा धनी सात मुलुकहरूको समूह, जी सेभेन, लाई एक माग पत्र पठाउँदै दक्षिण एसिया तथा विश्वभरि नै जातीय भेदभाव अन्त्य गर्न तत्काल कदम चाल्न आग्रह गरेको छ।  हाल जी सेभेन समूहको अध्यक्षता गरिरहेको  क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई एक औपचारिक पत्र…

Read More

एस दल बेचियो, लेखक-सापकोटा, राशनपानी र गिरिबंधु साटीयो, रास्वपाको अडान निरन्तर

४ सय करोड भन्दा धेरै रुपैयाँ भन्दा धेरै मानव तस्करी गरेको आरोपी नेपालका गृहमन्त्री रमेश लेखकलाइ जोगाउन अन्य मिलान पनि गरिएको छ अनि ठुलो भागबण्डा सम्पन्न भएको छ। तर पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने गृहमन्त्रीको राजिनामामा निरन्तर लडिरहेको छ।  बाहिएका कागजी खोष्टो जे सुकै आएता पनि भित्री खेलमा माधब नेपालको एकिकृत समाजवादी दल एमालेलाइ…

Read More

महाङ्काल प्रज्ञा-प्रतिष्ठानको तेस्रो प्राज्ञ सभा सम्पन्न, तीन कृति सार्वजनिक

केदारनाथ दाहाल/ललितपुर महाङ्काल प्रज्ञा प्रतिष्ठानको तेस्रो प्राज्ञ सभा एक भव्य समारोहबीच सम्पन्न भएको छ। प्रतिष्ठानका कुलपति गणेश बहादुर के.सीको अध्यक्षतामा तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। २०७९ सालमा स्थापना भएको महाङ्काल प्रज्ञा प्रतिष्ठानले साहित्य, भाषा, संस्कृति र समाजको अध्ययन, अनुसन्धान तथा प्रवर्द्धनमा सक्रिय भूमिका खेल्दै आएको छ। यसै…

Read More

दलित समुदायमाथिको अन्याय अन्त्य गर्न न्याय प्रणालीलाई प्रभावकारी बनाउन माग

काठमाडौँ-दलित अधिकारसम्बन्धीमा अध्ययन अनुसन्धान तथा पैरवी  गर्दै आएको संस्था, डिग्निटी इनिशियटिभ, ले  दलित समुदायले आज पनि जातीय भेदभाव, छुवाछुत, हिंसा र दण्डहीनताको दुष्चक्र भोगिरहेको भन्दै दलित समुदायमाथिको अन्याय अन्त्य गर्न न्याय प्रणालीलाई प्रभावकारी बनाउन माग गरेको छ।  जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस (२१ जेष्ठ) को अवसरमा सार्वजनिक गरिएको एक संक्षिप्त नीति पत्रमा उक्त…

Read More

क्यानडामा जातीय विभेदमुक्त विश्वका लागि विश्व सम्मेलन सम्पन्न

टोरन्टो-जातीय विभेद मुक्त विश्वका लागि विश्व सम्मेलन २०२५  टोरन्टोमा सम्पन्न भएको छ। क्यानडामा दर्ता भएको गैर सरकारी संस्था सहयात्रा-क्यानडा तथा  दक्षिण एसिया र उत्तर अमेरिका क्षेत्रका विभिन्न संस्थाहरूद्वारा संयुक्तरुपमा आयोजित पहिलो ‘जातीय विभेद मुक्त विश्वका लागि विश्व सम्मेलन २०२५’   १७ बुँदे टोरन्टो घोषणापत्र जारी गर्दै  सम्पन्न भएको हो । टोरन्टो ब्राम्प्टनस्थित क्यानडा कन्भेन्सन सेन्टरमा…

Read More

रेडियो सगरमाथाको २९, सामुदायिक उत्तर दायित्व र चौतर्फी प्रसंशा

दक्षिण एसियाको पहिलो स्वतन्त्र प्रसारण सेवा सामुदायिक रेडियो, रेडियो सगरमाथा २९ वर्षमा प्रवेश गरेको छ। शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको प्रमुख आतिथ्यता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालको विशेष अतिथि लगायत महत्वपूर्ण व्यक्तित्वहरूको उपस्थितिमा रेडियो सगरमाथाले आफ्नो प्राङ्गणमा विशेष कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा…

Read More