Headlines

एनआरएनएका पूर्व अध्यक्ष हिराचनको संयोजकत्वमा निर्वाचन अनुगमन समिति गठन

गैरआवासीय नेपाली संघ (एनआरएनए) को सर्वोच्च अदालतको परमादेशद्वारा गठित उच्चस्तरीय समितिको बैठक अप्रिल १३, २०२५ मा बसेको छ। बैठकले अन्य विभिन्न एजेन्डाका साथमा मे ३-५, २०२५ मा आयोजना गरिएको एकता महाधिवेशनमा निर्वाचन अनुगमन समिति समेत गठन गरेको छ। 

संघका पूर्व अध्यक्ष तथा  उच्चस्तरीय समितिका सदस्य देवमान हिराचनको संयोजकत्वमा ५ सदस्यता निर्वाचन अनुगमन समिति गठन गरेको छ। समितिमा परराष्ट्र मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधि पदेन सदस्य हुने छन् भने बाँकी ४ जना सदस्यहरु संयोजकले नै मनोनयन गर्नेगरी निर्णय गरिएको छ।

Leave a Reply