Headlines

नेपालको राजनीति र मिडियाबारे चर्चा:बरिष्ठ पत्रकार राजेन्द्र दाहाल र बबिता बस्नेत

नेपालको राजनीति र मिडियाबारे चर्चा:बरिष्ठ पत्रकार राजेन्द्र दाहाल र बबिता बस्नेतसँग

नयाँ वर्ष २०८२ को पूर्व सन्ध्यामा नेपालको राजनीति र मिडियाबारे चर्चा: बरिष्ठ पत्रकार राजेन्द्र दाहाल र बरिष्ठ पत्रकार बबिता बस्नेतसँग साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ। 

ग्लोबल नेप्लिज न्युज नेटवर्क (जीएनएन) द्वारा आयोजित कार्यक्रममा बरिष्ठ पत्रकार भगिरथ योगी र हलिउडखबरका संचालक-संपादक कृष्ण केसीदेवारा मोडरेट गरिएको थियो। कार्यक्रममा नेपाल र कुवेतका नेपाली पत्रकारहरुको समेत उपस्थिति रहेको थियो।

बिशेष गरेर  नेपालमा राजनीतिक अस्थिरताको शृंखला निकै लामो भएको गएको १८ वर्षमा मात्रै १४ पटक सरकारहरु गठन भएका छन्। यसको मुख्य कारणहरु, २००७ साल यता ७५ वर्षलाई फर्केर हेर्दा पंचायत, बहुदल, संवैधानिक राजतन्त्र गणतन्त्रमा पनि कुनै पनि प्रधानमंत्रीले वर्ष कार्यकाल पुरा गर्न पाएनन्। यसको कारण, चैत्र १५ गते  राज संस्था पुनर्स्थापनाको माग गरि रहेको समूहद्वारा आयोजित आम सभा हिम्सामा परिणत अनि रिपोर्टिंग गर्न नेपाली मिडिया कहाँ नेर चुक्यो जस्तो लाग्छ भन्ने जस्ता गहन प्रश्नहरुमा दाहालले आफ्नो विचार राखे। 

त्यसैगरी अस्थिर राजनीतिकोले ल्याएको नेपालको मिडियामाथिको असर नेपाली मिडिया पत्रकारहरुले राजनीतिक विषयवस्तुलाई मात्रै बढी कभर गर्छन अनि अन्य बिषयमा चासो कम राख्छन त्यसको कारण, स्वतन्त्र र निष्पक्ष पत्रकारिता भन्ने कुरा आख्यान मात्र भएको जस्तो देखिन्छ यसको कारण, राज्यले हिँसा बढाउँ खोजेको हो या घटाउने ? सामाजिक संजाल मूल धारका मिडिया रिपोर्ट अनि  यस्तो अवस्थामा संचार माध्यमहरु कसरी सजग रहनु पर्ला भन्ने जस्ता बिषयमा बस्नेतले धारणा, कारण र जवाफ दिइन। 

साक्षात्कार कार्यक्रममा नेपाल प्रेस युनियन ललितपुरका सभापति केदारनाथ दाहालले सोहि बिषयमा आफ्नो धारणा राखे भने अन्तमा पत्रकार-संचारकर्मीहरुले आफ्नो जिज्ञासा राखे। 

फेसबुक लिंक: 

https://fb.watch/yZmx2yYSB9/

यूट्यूव लिंक

https://youtu.be/iP–6vAtRkY?si=Q6rUsWX5U2ebb8tO

Leave a Reply