नेपाली नयाँ वर्ष २०८२ को अवसरमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा विभिन्न देशका १५ जना महामहिम राजदूतहरु लिएर कन्यामको पर्यटन प्राबधानमा पुगेकी छन्। भ्रमणमा इजिप्ट, दक्षिण कोरिया, युके, स्विट्जल्यान्ड, थाइल्यान्ड, अस्ट्रेलिया, फ्रान्स, इजरायल, जापानका राजदूत छन्।
परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना तथा इलाम जिल्लाको सूर्योदय नगरपालिकाको समन्वयमा यस्तो पर्यटन प्राबधान भ्रमण गर्न कन्याम पुगेका हुन्। परराष्ट्रमन्त्री डा. देउवाको नेतृत्वमा परराष्ट्र मन्त्रालयका सचिव अमृत राई सहितका अन्य कर्मचारी र बोर्डका कर्मचारी समेत राजदूतहरु नेपाली नयाँ बर्षको उपलक्षमा कन्याम भ्रमण गरेका हुन्।