Headlines

जय नेपाल फाउन्डेसनको नयाँ वर्ष कार्यक्रमलाई कांग्रेस नेता कोइरालाले सम्बोधन गर्ने

जय नेपाल इन्टरन्याशनल  फाउन्डेसनले नयाँ वर्षको अवसरमा विश्वभरका नेपाली माझ शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्न लागेको  छ ।

जय नेपाल इन्टरनेशनल फाउन्डेसनको ग्लोबल युथ नेटवर्कले भर्चुअल माध्यमबाट नयाँ वर्ष २०८२ को  स्वागतसँगै   शुभकामना आदान प्रदान गर्ने कार्यक्रम राखेको  छ ।

अप्रिल १२, २०२५ मा भर्चुअल माध्यमबाट शुभकामना आदानप्रदान गरिने फाउन्डेसनका प्रवक्ता लाल प्रसाद काफ्लेले बताए । उनका अनुसार नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाको प्रमुख आतिथ्ययतामा कार्यक्रम आयोजना गर्न लागिएको हो । डा. कोइराला सहित नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री एनपी साउद र काँग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले  विशिष्ट अतिथिको रूपमा सम्बोधन गर्ने छन् ।  उक्त कार्यक्रमको माध्यमबाट संसारभरिका नेपालीहरूलाई  एकत्रित बनाउन खोजिएको जय नेपाल इन्टरनेशनल फाउन्डेसन ग्लोबल युथ नेटवर्कका अध्यक्ष मदनराज पौडेलले बताए ।

मानवअधिकार, वाक स्वतन्त्रता तथा प्रजातान्त्रिक मूल्य मान्यतामा विश्वास राख्नेहरूको नेटवर्कमार्फत आफू रहेको समुदाय र नेपालको विकासमा समेत सहभागिता बढाउने उद्देश्यले फाउन्डेसनको स्थापना गरिएको हो । फाउन्डेसनले विश्व भरिका युवाहरूको सञ्जाल ‘ग्लोबल युथ नेटवर्क ’, महिलाहरूको ‘ग्लोबल विमन नेटवर्क,’ सञ्चारकर्मीहरूको ‘ग्लोबल मिडिया नेटवर्क,’ विज्ञहरूको ‘ग्लोबल नलेज नेटवर्क ’ र खेलाडीहरूको ‘ग्लोबल स्पोर्ट नेटवर्क ’ मार्फत विभिन्न कार्यक्रमहरू गर्दै आएको छ ।

फाउन्डेसनका अमेरिका र अन्य देशमा गरेर ३८ च्याप्टर घोषणा भैसकेका छन् । देश तथा विदेशमा रहेका नेपालीहरूका बिचमा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले  वेबिनार राखिएको हुँदा सबैलाई जोडिनको लागि अध्यक्ष डा. यादव पण्डितले अनुरोध गरेका छन् ।

कार्यक्रममा जोडिनको लागि जुम लिङ्क :

जुम आइडी– ९८८ २८७० ६६५६

कोड– २०२५

नेपाली समय–चैत्र ३०, २०८१ शनिवार साँझ ०६ः०० बजे

न्युयोर्क समय– अप्रिल १२, २०२५ बिहान ०८ः१५ बजे

टेक्सस समय – अप्रिल १२, २०२५ बिहान ०७ः१५ बजे

क्यालिफोर्निया समय– अप्रिल १२, २०२५ बिहान ०५ः१५ बजे

बेलायत समय अप्रिल १२, २०२५ दिउसो ०१ः१५ बजे

Leave a Reply