बोलाइएको ठाउँमा कोही जाँदैन भने की त उसको समय छैन, की थाहा पाएन या उसलाई मन परेन। एउटा मन्त्रीको कार्यक्रम मान्छेहरु नआउनु भएको मन्त्री निकम्मा अर्थात् सस्तो भाषामा दुइकौडीको मन्त्री भन्दा फरक नपर्ला।
तर ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले आफू अतिथि रहेको कार्यक्रममा सहभागी नभएको भन्दै ऊर्जा सचिव सुरेश आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन्। यो पढ्ने र सुन्नेलाइ लाज होला तर मन्त्रीलाइ भने लाज नहुने रहेछ। गत सोमबार सिँचाइ दिवसको अवसरमा आयोजित कार्यक्रममा कार्यक्रम सञ्चालकले आसनग्रहणको लागि बोलाउँदा समेत मञ्चमा सहभागी नभई बेवास्ता गरेको भन्दै आचार्यलाई स्पष्टीकरण सोधिएको छ।
राज्यमन्त्री सहभागी कार्यक्रममा आफू बस्न तयार नभएको नेपाल सरकारको सचिव पदको गरिमा र मर्यादालाई समेत धज्जी उडाउने गरी कार्यक्रम बहिष्कार गरेको तपाईँलाई अनुशासनको कारबाही किन गर्नु नपर्ने हो? के कसको प्रभाव वा पूर्वाग्रही भावनाले विभागीय मन्त्रीको अवहेलना गर्ने उद्देश्यले कार्यक्रम बहिष्कार गर्नुभएको हो ? २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्नुहुन जानकारी गराइन्छ, मन्त्रीको पत्रमा स्पष्टीकरणमा सोधिएको रहेछ।