दुर्गा प्रसाईले आत्मसमर्पण नगरेको भए प्रहरीले को समाउथे?

Spread the love

एमाले कम्युनिष्टका अध्यक्ष खड्गप्रसाद शर्मा ओली नेतृत्वको सरकारले सरकारको बिरोध मात्र होइन आलोचना गरे या सामाजिक संजालमा लेखे पनि गिरफ्तार गर्छ। उसैपनि प्रतिपक्ष दलका नेता हुनुमा त अभिसाप नै भयो, त्यो रवि लामिछाने होस् या दुर्गा प्रसाइ। तर यहाँनेर प्रश्न के उठ्छ भने उनी एमाले-कांग्रेसका आरोपी नेता किन गिरफ्तार हुन्नन् अरुलाई भने भारतमा पुगेर पनि गिरफ्तार गरिन्छ त ? 

भनिएको अनुसार राजाबादी आन्दोलनका अगुवा दुर्गा प्रसाईले भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको उनको सचिवालयले भन्दै नेपाली संचारमा छाएको छ। श्रोत उनको सचिवालयलाइ दिंदै प्रसाईले भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको बताइएको छ।

खोजिहेर्दा- “दुर्गा प्रसाईंले आफ्नो सुरक्षाको लागि आफै भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नु भएको छ। हिजो मात्र हामीले भिडियो मार्फत हाम्रो ज्यानको सुरक्षाको ग्यारेन्टि भए २४ घण्टा भित्र उपस्थित हुन्छौ भनेका थियौ। आज उपस्थित भयौ। जय देश जय रास्टवाद।”

राजावादी आन्दोलनका अगुवा प्रसाईंमाथि चैत १५ गते तीनकुनेमा हिंसा भड्काएको आरोप लगाइएको छ। उनले आफैँले गाडी चलाएर प्रहरीलाई किच्नेशैलीमा पेलेर प्रहरीको निषेधाज्ञा तोडेका भनिएको छ। त्यसपछि तिनकुनेको अवस्था तोडफोड, आगजनी र लुटपाटमा परिणत भएको आरोप हो। तर लुटपाट र आन्दोलनकरी बीच कुनै संबन्ध रहेको पुस्टि भने गरेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *