hollywood Khabar

बागमती प्रदेशमा रोकिएको खेलकुद संबन्धि बिषयको कानूनी अडचन हट्यो

केदार दाहाल, हेटौंडा। बागमती प्रदेशमा खेलाडी र समग्र खेलकुद विकासको एजेण्डा निर्माणका लागि कानूनी अडचन हटेको छ। प्रदेश खेलकुद विकास ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०८१ बागमती प्रदेशसभाबाट सर्वसम्मत रुपमा पारित भएसँगै अब खेलाडी र खेलकुद विकासको एजेण्डा युवा तथा खेलकुद मन्त्रालयले नै अघि बढाउन बाटो खुलेको हो। २३ माघ २०८१ मा बसेको…

Read More

साइबर विधेयक एमाले बिरोधी संचारप्रति लक्षित छ:महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलको आजकल टङ्गस्लिप हुन थालेको छ। कहिले माओवादीको नाममा, कहिले एनआरएनका नाममा। पछिल्लो पटक उनले आफ्ना एमालेसँगको भेटघाटमा एमालेको बिरोधी रोक्न साइबर अपराध विधेयक दर्ता भएको हो भन्ने भेद खोलेका छन्।  बाहिर जे भनिएता पनि यसको प्रयोग एमाले बिरोधी प्रचार या कुनै पनि कुराको बिरोध गर्दा लागु हुन्छ त्यो आगामी निर्वाचनलाइ…

Read More

श्रीस्वस्थानी ब्रत कथा अध्याय २८

श्रीस्वस्थानी ब्रत कथाको अठ्ठाईसौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ- हे  अगत्स्य मुनि ! तहां उप्रान्त ब्राम्हणहरूले भात लिई चन्द्रावती ब्राम्हणी भएको ठाउंमा गए। चन्द्रावती ब्रान्हणीले ब्राम्हणहरू आएको देखी मलाई पनि केही ल्याईदियौ कि ? भनी सुध्याईन् र ब्राम्हणहरूले हे पापिनी ! तॅं अति पापिनी रहिछस्, तेरो निमित्त हामीलाई शर्म पर्यो । कसरी भने तॅंलाई दिन भनी…

Read More

नागरिकका काम सकेर कृषिमा अग्रसर वडाध्यक्ष मोक्तान

उर्लाबारी/जनताको सेवा, वडाको विकास, र समाजसेवामा समर्पित नरबहादुर मोक्तान उर्लाबारी-९ का एक कुशल वडाध्यक्ष मात्र होइनन्, उनी एक सफल कृषक पनि हुन्। बिहानैदेखि राति अबेरसम्म वडाको काममा खटिएर बाँकी समय कृषिमा बिताउने उनको शैली अन्य जनप्रतिनिधिहरूका लागि प्रेरणादायी छ। जनताको सेवामा सक्रिय मोक्तानले कृषिलाई पनि आफ्नो प्रमुख प्राथमिकता बनाएका छन्। २०७१ सालमा स्थापना भएको राजघाट…

Read More

लालपुर्जा दिने नागरिकका नेता:जुत्ता खाने प्रधानमन्त्री र व्हाइटवाश

कृष्ण के सी, फेब्रवरी ८, २०२५ शनिबार यो लेख्दाको समय नेपालको संसदमा सबैभन्दा ठुलो दल नेपाली कांग्रेस (नेकां) र दोश्रो ठुलो दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको गठबन्धनको सरकार छ। प्रजातन्त्रको मर्म अनुसार संसदमा पहिलो ठुलो र दोश्रो ठुलो दलको सरकार बनाउनु हुँदैन। तर पनि नेपालमा एमाले नेता खड्गप्रसाद ओली जसलाई अंग्रेजीमा केपी ओली भनिन…

Read More

ललितपुरे लोक गायक मिठाराम केसीको ललितपुरे दाइ लोकार्पण हुँदै

सन्तोष दहाल,ललितपुर/लोक साँगितिक क्षेत्रका लोकप्रिय सर्जक, गायक तथा समाजसेवी मिठाराम केसी खत्रीको नयाँ लोक कोसेली ललितपुरको चिनारी-२ को रुपमा ‘ ललितपुरे दाइ’ सार्वजनिक हुने भएको छ। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल ललितपुरको आयोजनामा यही फागुन ३ गते शनिबारका दिन एक कार्यक्रमका बीच वरिष्ठ कवि तथा साहित्यकार डा.नवराज लम्सालको प्रमुख आतिथ्यतामा उक्त गीतको भिडियो लोकार्पण…

Read More

श्रीस्वस्थानी ब्रत कथा अध्याय २७

श्रीस्वस्थानी ब्रत कथाको सत्ताईसौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ- हे  अगत्स्य मुनि ! तहां उप्रान्त डोलेहरू भन्दछन् -हे महारानी ! स्वर्गका अप्सराले स्वस्थानी परमेश्वरीको ब्रत गर्न लागेका देख्यौं र उनका संसर्गमा हामीले पनि ब्रत गर्न लाग्यौं र विलम्ब भयो क्षमा गर्नुहओस्, तपाईंलाई पनि श्रीस्वस्थानी परमेश्वरीको प्रसाद ल्याईदिएको छ , लिनुहओस् भनी डोलेहरूले भनेको वचन सुनी चन्द्रावती…

Read More

बुढिगण्डकी हाईड्रोपावरमा राष्ट्रिय वाणिज्य बैंक

गोरखा जिल्लाको धार्चे गाउँपालिका–४ लाप्राकमा निर्माण हुने ४.६ मेगावाट क्षमताको सुपर माछा खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लगानी गर्ने गरी ऋण सम्झौता भएको छ । उक्त आयोजनामा लगानी सम्बन्धी सम्झौतामा बिहिवार  बुढीगण्डकी हाइड्रोपावर प्रालिको तर्फबाट अध्यक्ष खगेन्द्र न्यौपाने र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले हस्ताक्षर गरेका हुन् । कुल ९६…

Read More

श्रीस्वस्थानी ब्रत कथा अध्याय २६

श्रीस्वस्थानी ब्रत कथाको छब्बिसौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ- हे  अगत्स्य मुनि ! तहां उप्रान्त एक दिन नवराजले आफ्नी महतारी गोमा छेउ भने- हे माता ! ईश्वरीको कृपाले हामी यहां आई राजा भयौं, अब आफ्ना राज्यमा, जति भएका ब्राम्हणलाई डाकी भोजन गराई श्रद्धा पूर्वक दक्षिणा दिऔं , यस जन्ममा दान धर्म गर्नाले अर्का जन्ममा पाऔंला ।…

Read More

एनआरएनएका ४ दर्जन बढी देशमा महाधिवेशन तयारी, नाम सहित

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं अन्तराष्ट्रिय महाधिवेशन पुन:गर्नका लागि सर्वोच्च अदालतको परमादेशबाट बनाइएको उच्चस्तरीय समितिका संयोजक तथा पूर्वअध्यक्ष, पूर्व प्रमुख संयोजक डा. शेष घलेको अध्यक्षतामा धमाधम गतिबिधि बढेको छ। सँस्था दर्ता भएको नेपाल सरकार परराष्ट्र मन्त्रालयले पनि आफ्नो प्रतिनिधि पठाएर माहाधिवेशन सम्पन्न गर्न सक्रियता देखाएको छ।   यसैबीच हालसम्म उच्च स्तरीय समितिले आधा दर्जन…

Read More

मन्त्री अधिकारी र सांसद राणाद्वारा महाङ्कालपालिकामा पुल उद्घाटन

ललितपुर/ललितपुरको महाङ्काल गाउँपालिका वडा नं ५ चन्दनपुर स्थित टुङ्गन खोलामाथि बनेको पुल उद्घाटन गरिएको छ। नेपाल सरकार कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारी र ललितपुर क्षेत्र नम्बर १ का सङ्घीय सांसद उदयशमशेर राणाले संयुक्त रुपमा उक्त पुलको उद्घाटन गरेका हुन्। उद्घाटनपछि बोल्दै मन्त्री अधिकारीले देशैभरका कृषि सडकलाई प्राथमिकतामा राखेर काम अगाडि बढाइएको बताए। उनले चिया,…

Read More

सान फ्रान्सिस्कोको नेपाली भाषा स्कुलमा वसन्त पंचमी मनाइयो

क्यालिफोर्नियाको सान फ्रान्सिस्को बे एरियामा नेपाली भाषा पढाउने कक्षा केहि बर्ष देखि संचालनमा छ। नेपाली बालवालिकाहरुलाई नेपाली भाषा बोल्न र लेख्न सिनाउने उद्येश्यले स्थापित सिलिकनभ्याली भाषा स्कुलले यस वर्ष वसन्त पंचमी मनाएको छ। सन्निभेलको सेरापार्ककमा आयोजित उक्त कार्यक्रममा १६० भन्दा धेरैजनाको सहभागिता रहेको कुरा आयोजकहरुले बताएका छन्। कार्यक्रममा पण्डित चक्रपाणी अर्यालले वैदिक विधिबद्वारा सरस्वतीको पूजा गराएका…

Read More

रवि विरुद्ध एमाले-कांग्रेसद्वारा सृजित मुद्धा भने अनुसार नभएको भन्दै सरकारी वकिल नै सरुवा

*फोटो नयाँ पत्रिकाबाट स्क्रिनशट गरिएको* नयाँ पत्रिकामा नवराज मैनालीको रविविरुद्ध मुद्दा नचलाएकोमा चितवनका सरकारी वकिलको सरुवा भन्ने हेडलाइन लेखनले आज नेपाली कांग्रेसका गगनपक्ष र नेकपा एमालेको लगौंटी कस्दैमा दिन गयोहोला। क्याची र अनुसधनात्मक लेखन भएकाले मैनालीको नयाँ पत्रिकाको सो पोस्टका आधारमा यहाँ केहि थप पुष्टि गर्ने प्रयास गरिएको हो। पहिलो कुरा कुनै पनि कम्पनी या…

Read More

श्रीस्वस्थानी ब्रत कथा अध्याय २४ 

श्रीस्वस्थानी ब्रत कथाको चौलिसौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ- हे  अगत्स्य मुनि ! तहां उप्रान्त गोमा ब्राम्हणीले धागाको लरिया लिई चन्द्रज्योती नगरका बरहीको घरमा गई ‘मेरो घरमा सप्तऋषि आएका छन्,तिनलाई खान दिन्छु,यो धागाको लरिया लेऊ र पान देऊ’ भनिन् । यति गोमा ब्राम्हणीले भनेको सुनी बरहीले ‘हे गोमा ब्राम्हणी ! आज पान कत्ति छैन्, जति भएको…

Read More

श्रीस्वस्थानी ब्रत कथा अध्याय २३ 

श्रीस्वस्थानी ब्रत कथाको तेईसौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ- हे  अगत्स्य मुनि ! तहां उप्रान्त नवराज ब्राम्हण आफ्ना बाबाको खबर गर्न गएपछी नवराजकी स्त्री चन्द्रावती ब्राम्हणीले आफ्नी सासू गोमा ब्राम्हणीछेउ भनिन् – हे माता! म मेरो माईत नगएको धेरै दिन भयो, यहां खानलाई अन्न छैन्, लाउंनलाई वस्त्र छैन्, अरूसंग मांगी मात्र कति दिन निर्वाह गरूंली, यस…

Read More

लामिछाने बिरुद्ध चितवनमा मुद्धा दर्ता नहुने भएपछि सरकारको कान्तिमिलान

सयौं हजारौं सहकारीको बिषय एकातिर राखेर नेपाल सरकार रास्वपाका सभापति रवि लामिछाने माथि एकल रुपमा सखाप पार्ने मिशनमा लागेको छ। यसै क्रममा मुद्धा अभियान सुरु गरियो तर कुनै पनि जिल्लामा उनलाई दोषी प्रमाणित गर्ने कारण भने अझै पाएको छैन। चितवनमा मुद्धा गर्दा गर्नुपर्ने कारण नै नपाएर सरकारी वकीको कार्यालयले आरोपपत्र नै फिर्ता पठायो। त्यसपछि आत्तिएको…

Read More

श्रीस्वस्थानी ब्रत कथा अध्याय २२

श्रीस्वस्थानी ब्रत कथाको वाईसौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ- हे  अगत्स्य मुनि ! त्यस्ता तरहले रहंदा आठ, दश वर्ष भयो र एक दिन शिव शर्मा ब्राम्हण आफू ह्रृष्ट – पुष्ट भएको देखी घर सम्झी अब यहां म बसी के गरूं, घर जाउं भनी,विचार गरी शिवभट्ट ब्राम्हण र सती ब्राम्हणी छेउ गई भने- हे माता-पिता ! तिमीहरूले…

Read More

छपेली-माझखण्ड केबलकारले क्षेत्रको अर्थतन्त्र र पर्यटनमा प्रभाव पार्छ:सांसद राणा

ललितपुर।०८१ माघ २१ गते/प्रतिनिधि सभा सदस्य उदयशम्शेर राणाले जिल्लाको पर्यटनलाई पाटनमा मात्र सीमित राख्न नहुने बताएका छन्। ललितपुरको दक्षिणी भेग पनि पर्यटनका दृष्टिले आकर्षक गन्तव्य हुनसक्ने उनले बताए।  माझखण्ड पर्यटन परियोजना अन्तर्गत डेस्टिनेसन माझखण्ड प्रालिले सञ्चालनमा ल्याउन लागेको छपेली माझखण्ड केबुलकार शिलान्यास कार्यक्रममा बोल्दै आज प्रतिनिधिसभा सदस्य राणाले उक्त योजनालाई बुद्धिमताका साथ अगाडि बढाउन सुझाव…

Read More

ओलीका दास योगेश, ढल्यो-ढल्यो गाउने ओली

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले योगेश भट्टराईहरू एमालेमा खड्गप्रसाद ओलीको दास भएर बसेको आरोप लगाएका छन्। यसपूर्व एमाले नेता भट्टराईले प्रतिनिधिसभाको बैठकमा नै अध्यादेशबाटै जन्मेको पार्टीले अध्यादेशको विरोध गरेको नसुहाएको भन्दै एकीकृत समाजवादीलाइ तिखो जवाफ दिएका थिए। त्यसको जवाफ दिँदै एसका अध्यक्ष नेपालले भने, आफूहरूले अध्यादेशको विरोध गर्दा प्रतिवाद गर्ने मध्ये…

Read More

श्रीस्वस्थानी ब्रत कथा अध्याय २१ 

श्रीस्वस्थानी ब्रत कथाको एक्काईसौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ- हे  अगत्स्य मुनि ! गोमा भिक्षुक रूप महादेवको शराप पाई अति चिन्तित थिईन्।तहां उप्रान्त गंगा – स्नान गर्न गएका शिवभट्ट, सती ब्राम्हणीले स्नान गरी हरि- हरको पूजा गरी सुवर्णादि नाना द्रब्य दान गरी घर फिर्दा गोमालाई रोईरहेकी देखी -हे पुत्री ! किन रोईस् ! के दु:ख भो…

Read More