श्रीस्वस्थानी ब्रत कथा अध्याय १२
श्रीस्वस्थानी ब्रत कथाको बार्हौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ- हे ! अगत्स्य मुनि ! तहां उप्रान्त ईन्द्रादि तेत्तिस कोटी देवताले श्रीमहादेवजीले सतीदेवी पीठमा हाली पृथ्वी भ्रमण गरी हिंडेको देखी बैकुण्ठमा गै विष्णुसित बिन्ती गरे-हे परब्रह्म !यो ब्रम्हाण्ड संसार तिमीले रचना गर्छौ, महादेवले रक्षा गर्छन् ,तिमी दुईले रक्षा नगरे को रक्षा गर्ला ? यस बखतमा महादेव दक्षप्रजापतिका…
