न्यूयोर्कको ज्याक्सन हाईटमा मुगाल समुदायका निर्देशक टोमा लामाले निर्देशन गरेको चलचित्र फेके प्रर्दशन भएको छ। फेके सन्देश मुलक चलचित्रहरु रहेको कुरा दार्शकहरुको प्रतिक्रियामा पाइन्छ।
फेके चलचित्र नेपाल सरकार चलचित्र विकास बोर्डबाट २०१७ मा सम्मानित भएका मध्येको चलचित्र हो। यस चलचित्र Nepal Indigenous Film Festival New York को 2017 मा Best short movie Nominated चलचित्र पनि हो।
यो चलचित्रकी निर्देशक टोमा लामा एक साहसिक महिला निर्देशीका हुन्। भने उनले आफ्नै बाबा आङग्याललाइ नायकको रुपमा प्रस्तुति गरेकी छन्। सुन्दा पारिवारिक कालाकार जस्तो लागेता पनि कथासंग मेल खाएको कुरा उनीहरुको दावी छ।
फिल्मले मुगाल समुदायको एक जना व्यक्तिले आफ्नो मुगाल मातृभाषाको संरक्षण र सबर्धन गर्न गरेको प्रयास नै कथा हो। फिल्मा आङग्याल लामा मुख्य भुमिकामा छन् भने अन्य कलाकारहरु गोविन्दा प्रभात, मनोज कुमार भेटवाल, गंगा लिम्बु, राजु मोरे र दोर्जे मोक्तान र खेन्पो पेमा ग्याछो डावा ख्यूङकार, आचार्य ङवाङ लादाकी, फुर्बा तेन्जिङ शेर्पा, दावा शेर्पा, नोर्वु गुरुङ लगायत पनि छन्। निर्देशक टोमा लामा स्वयं पनि अभिनयमा रहेकी छन।