जुलाई २९ मंगलबार नागपञ्चमी पर्व
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व यो बर्ष जुलाई २९ मंगलबार परेको छ। नेपाली परम्परा अनुसार नागको पूजा गरी घरका मूलढोकामा नागको मन्त्र सहितको फोटो टाँसेर यो पर्व मनाइन्छ। यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी, गंगटा लगायतका जलचर-थलचर जीवले दुःख नदिउन भन्नका लागि यो पर्व मनाइने गरिएको विश्वास…
