एमालेसँग सत्ता गठबन्धनबारे कांग्रेसभित्र मतभेद, सुरुमा पालिका अनि केन्द्रिय सरकार
वर्तमान गठबन्धन सरकारको सबैभन्दा ठूलो घटकका रुपमा रहेको नेपाली कांग्रेसभित्र सरकारबारे गम्भीर मतभेद देखिएकोे छ। विशेष गरि नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेस वरिष्ठ नेता डा. शेखर कोइराला वर्तमान सरकारबारे गम्भीर मतभेदको अवस्थामा रहेको उनीहरुका अभिव्यक्तिले स्पष्ट हुन्छ भने अन्य प्रमुख नेताहरुसमेत सरकारबारे फरक–फरक धारणा सार्वजनिक गरिरहेका छन्। कांग्रेसका सभापति देउवाले…
