न्यूयोर्कमा आदिवासी जनजाति महासंघको सांकृतिक साँझ सम्पन्न
नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (FIPNA) को आदिवासी जनजाती साँस्कृतिक साँझ न्यूयोर्कमा सम्पन्न भएको कुरा आयोजकहरुले बताएका छन्। शुक्रबार न्युयोर्कको वुडसाईड स्थित गुलशन टेरेश हलमा १८ वटा फिप्नाका सदस्य संस्थाहरु र विभिन्न नेपाली संघ तथा सँस्थाहरूको उपस्थितिमा उक्त सांस्कृतिक साँझ सम्पन्न भएको हो। कार्यक्रममा फिप्नाका सदस्य संस्थाहरुले आ-आफ्नो संस्कृति झल्किने जनजाति भेषभुषा सहित सांस्कृतिक नृत्य…
