सेप्टेम्बर ८, २०२५ सोमबार, १४ देखि २८ बर्ष उमेर समूहका GEN-Z (पहिलो पुस्त भनौं या अर्को पुस्ता) का उमेर समूहले सामाजिक संजाल बन्द गरेको, भ्रष्टाचार बढाएको जस्ता अति सान्दर्भिक माग राखेर उनीहरु सडक प्रदर्शनमा उत्रिए।यो बिषयलाइ कांग्रेसका आधार र एमाले बाहेको सबै दल र बिश्वभरिका नेपाली समुदायले समर्थन गरेका थिए।
पदर्शन शान्तिपूर्ण थियो, उनीहरुसँग कुनै हतियार थिएन। तर पनि सरकारले भटा-भट गोली हानेर १९ जना प्रदर्शनकारीहरु मार्यो। अस्पतालको गेटमा पुगेर पनि गोली हान्यो। यो करो लोकतनत्र हो ?
अन्तत सरकारले सामाजिक सञ्जालहरु माथि लगाएको प्रतिबन्ध बाध्य भएय्र खुलाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खुला गर्ने निर्णय गरेको बताएको छ।
सरकारका प्रवक्ता सोचना तथा संचार मन्त्री पृथ्वीसुब्बा गुरुङले यो घटना र सामाजिक संजालप्रति कुनै पश्चाताप नभएको पनि बताए। अर्थात मान्छे मरेर कुनै गलत नभएको भन्ने उनको आसय थियो।
जेनजीहरूको प्रदर्शनका कारण सोमबार काठमाडौंमा १७ र इटहरीमा २ जनाले ज्यान गुमाएका थिए । चर्को विरोध र सत्तारुढ दलबाटै दबाब थेग्न नसकेपछि अन्तत: सरकार निर्णयबाट पछि हटेको हो।
