गृहमन्त्री भएको पहिलो दिन घुस, प्रतिसोध, अनैतिक काम गर्दै आएका गृहमन्त्री रमेश लेखकले सयौं घाइते र करिब दुइ दर्जन (२०) जना मरेपछि राजीनामा दिएका छन्।
कांग्रेस पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएका थिए। त्यसपछि ‘राजीनामा दिन्छु’ भन्दै गृहमन्त्री लेख बालुवाटार हिंडेका थिए।
सोमबार भएको GEN-Z हरूको शान्तिपूर्ण प्रदर्शनलाइ अनावश्यक बल प्रयोग गरेर हिंसात्मक बनाएर गोली हान्न लगाएर देश नै अशान्त पारेपछि लेखक राजीनामा दिन बाध्य भएका थिए। सो प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् । अपुष्ट अनुसार २० जना भनिएको छ।
बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर गृहमन्त्री लेखकले राजीनामा बुझाएका हुन्। यत्रो मानवीय नरसंहार भएपछि मैले नैतिकताका आधारमा पनि राजीनामा दिनुपर्छ भनेर दोषी हुनबाट जोगिएर उनले राजीनामा दिएका हुन्।
