नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाको जुत्ता सम्म बोक्ने भन्ने आरोप लागेका ओली सरकारका गृहमन्त्री रमेश लेखकले पदमा पुग्ने बितिक्कै देउबा छोडेर तस्कर गिरोहसँग जोडिए। उनको हर्कतका कारण आजित भएको सत्ता साझेदार नेपाली कांग्रेसले आफ्नो साख जोगाउन उनलाई हटाएर पूर्वमन्त्री एनपी साउदलाइ पठाउने तयारी गरेको छ।
नेविसंघका एक नेताले भने, ‘अहिले पनि बालकृष्ण खाँड शक्तिशाली नै छन्। खाँडको गुटका ७ जना सांसद छन्। लेखक त उनको अगाडी एक्लो केटा जस्तै हो। पार्टीको आगामी महाधिवेशनमा सभापति आकांक्षी डा शेखर कोइराला मात्र होइन, पूर्वमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँड समेतले गृहमन्त्री लेखकलाइ राजीनामा दिन चुनौती दिएपछि सभापति देउबालाइ मन्त्री बदल्ने बल पुगेको छ।
उसो त सभापति देउबाले केपी-गगन-लेखकको तस्कर गिरोह जोडिएको जानकारी नपाएका होइनन। तर देउबा उचित समयको घडी हेर्दैथिए। पार्टीका आम कार्यकर्ताको दवाव, प्रतिपक्षसँग गृह प्रशानको गरेको लज्जित व्यवहारका कारण कांग्रेस आलोचित छ। कानुनी र अनुसन्धानमा समेत हस्तक्षेप गरेर झुटा प्रतिवेदन बनाउन गृहमन्त्री लेखकले प्रहरीलाइ दवाव दिएको लगायत्का कारण जोडिन पुग्दा कांग्रेसले मन्त्री बदल्ने निर्णय गर्न बाध्ये भएको हो। उसो त उर्जा मन्त्री दिपक खड्का पनि पजनीको लाइनमा पुगेको भन्ने कुरा आएको छ।
गत महिना, सभापति देउबाले राजनीतिमा प्रतिपक्षसँग यतिसारो पाप गर्नुहुन्न, रास्वपा सभापति रवि लामिछानेको खासै संलग्नता नै देखिएन मुद्धा फिर्ता लिएर आफ्नो नेतृत्वमा सरकार बनाउन प्रस्ताव गरेका थिए। तर त्यसलाई त्यहि तस्कर गिरोहका कारण गगन-लेखकको गुटले मानेन। अन्याथा यो समय ओली प्रधानमन्त्री होइन प्रतिपक्ष नेता हुन्थे। राजाबादी र अन्य आन्दोलन पनि कम्जोर हुन्थ्यो, नहुन सक्थ्यो या नदेखिन पनि सक्थ्यो।
यति मात्र होइन उनले गत महिना प्रहरीको उच्च अधिकृत ६ जना बढुवामा पनि कांग्रेस कोटा एमालेलाइ बेचे भन्ने आरोप छ कांग्रेसभित्रैबाट आएको छ। बढुवा हुनुपर्ने सूचीमा सुदुर पश्चिम प्रदेशका अर्थमन्त्रीका सहोदर भाइ क्षमताले नै थिए। तर उनि पनि बढुवामा परेनन।
गृहमन्त्रीको हैसियतले मन्त्री लेखको हरेक निर्णयले प्रतिपक्ष दल दबाउनेमा बल पुग्यो अनि त्यसको बिरोध कांग्रेसले खानुपर्यो। एमाले बिरोधी दबाउन बल पुगेको अनि गगन थापा, कैलाश सिरोहियाको तस्कर गिरोह जोगाउन नै लागि परेको देखियो। यो गुटले आफू छायामा पर्ने भ्रष्टाचारको आरोप परराष्ट्र मन्त्री समेत रहेकी काँग्रेस नेत्री डा आरजु देउबा राणालाइ लगाउने गर्थे। तर काण्ड भने आफैं गर्थे। हिसाबैले दैनिक ५० लाखको मानव तस्करी गरेको देखाएको स्थितिमा अझै पनि गृहमन्त्री लेखक भने राजिनामा दिन्न भन्दैछन्। उता सभापति देउबा नजिक रहेका मोहनबहादुर बस्नेतको हुंकार त बाँकी नै छ।
खासमा भन्ने हो भने डा राणाको मन्त्रालयले अमेरिका, युरोप, बेलायत, अष्ट्रेलिया, एसिया र मध्येपूर्व लगातका देशमा संबन्ध सुधारेको छ। केवल एमाले नेता प्रधानमन्त्री भएकाले भारत र चीनसँगको संबन्ध नसुध्रिएको हो। तर भारत डा राणाको विपक्षमा भने देखिएन। त्यसैले गत पटक प्रधानमन्त्री ओलीले आफैंले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मरिहत्ये गरेर दर्शनभेट मागे। तर त्यसको खसै फाइदा भएन। अब कांग्रेसले गृहमन्त्री बदलेर एनपी साउद पठाउने भएको कुरा कांग्रेस श्रोतको दावी छ।