काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले दिएको जिम्मेवारीमा बस्न नेकपा एमाल र कांग्रेसले दिएको निर्देशन अनुसार तीन वडाध्यक्षले अस्वीकार गरेका छन्।
बिपक्षी र अन्य व्यक्तिसँग डराउँदै आएका सत्ता साजेदार कांग्रेस-एमाले वडाध्यक्षहरू दलबहादुर कार्की, बीरेन्द्र प्रजापति र विनोद राजभण्डारीले बालेनले दिएका विभिन्न विषयगत जिम्मेवारी लिन अस्वीकार गरेका हुन्। मेयर बालेनले कार्कीलाई सुशासन समिति, प्रजापतिलाई सूचना प्रविधि समिति र राजभण्डारीलाई सम्पदा तथा पर्यटन समितिको जिम्मेवारी दिएका थिए। उनीहरुले आफ्नो कर्तब्य भन्दा पनि पार्टीले दिएको निर्देशन पालन गरेका हुन्।