अमेरिकी निवर्तमान राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको कुरा उनको निजी सचिवालयले मे १८, २०२५ आइतबार दिउँसो विज्ञप्तिमा मार्फत जारी दिएको छ।
गत हप्ता राष्ट्रपति जो बाइडेनलाई पिसाबको समस्या बढ्दै गएपछि प्रोस्टेट नोड्युलको नयाँ अनुसन्धानको लागि परिक्षण गरिएको थियो। टेस्टबात उनलाई प्रोस्टेट क्यान्सर भएको पत्ता लाग्यो। खासमा हड्डीमा मेटास्टेसिसको साथ ग्लीसन स्कोर १-१० मा ९ (ग्रेड समूह ५) रहेको कुरा विज्ञप्तिमा भनिएको छ। यो अवस्था भनेको आक्रामक अवस्था भएको भनिएको छ। हार्मोन संवेदनशील देखिएकोले उपचारबाट प्रभावकारी हुने संभावना धेरै रहेको कुरा बिज्ञहरुले बताएका छन्।हाल पूर्व राष्ट्रपति र उनको परिवारले आफ्ना मेडिकल एक्सपर्ट्सहरूसँग उपचारका विभिन्न विकल्पहरूका बारेमा कुरा गरिरहेका छन्।
९ को ग्लीसन स्कोरले प्रोस्टेट क्यान्सरको उच्च स्तरको ग्रेड भनिएको छ। यसलाई आक्रामक रूपलाई भनेर मेडिकल टर्ममा जनाइएको छ। यो अवस्थामा क्यान्सर कोषहरू सामान्य प्रोस्टेट कोषहरू भन्दा धेरै फरक देखिन्छन् र छिटो बढ्ने र फैलिने सम्भावना हुन्छ।
राष्ट्रपति डनल्ड ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लाटफर्ममा भनेकाछन्, ‘जो बाइडेनको हालैको स्वास्थ्य समस्याको बारेमा सुनेर मेलानिया र म दुःखी छौं। हामी जिल र उनको परिवारलाई सान्तोवाना व्यक्त गर्दछौं र जोको छिटो र सफल स्वास्थ्यलाभको कामना गर्दछौं।’