शाक्य आउने बितिक्कै लोडसेडिङ्ग, प्राबिधिक समस्या होइन सुनियोजित सड्यन्त्र

Spread the love

बत्तिको लाइन हेर्दै रिस उठ्ने नेपालीहरुलाइ उज्यालो दिन सक्ने ब्यबस्थापन गरेका कुलमान घिसिङ्गले अन्धकार मात्र हटाएनन घाटाको प्राधिकरणलाइ मुनाफामा पुर्याए। महशुल नतिर्ने भ्रष्टहरुलाइ एमाले नेतृत्वको सरकारले जोगाउनकै लागि घिसिङ्गलाइ हटाएर एमाले कार्यकर्ता हितेन्द्रदेव शाक्य भर्ती गरे। 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मे १५, २०२५ बिहीबार बेलुका देखि बत्ति आउने र जाने बनाउन थाले। यो कुनै प्राबिधिक समस्या होइन सुनियोजित सड्यन्त्र हो भन्छन प्राधिकरणकै कर्मचारी। तर प्रधानमन्त्री खड्गप्रसाद ओलीका निकट मानिने उनै शाक्यले विद्युत आपुर्तिमा देखिएको समस्यालाई लोडसेडिङ्गसँग जोडेर सामाजिक सञ्जालमा आएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले प्राविधिक समस्याका कारण सिर्जना भएको प्रतिकुल अवस्थालाई लोडसेडिङ्गसँग जोडेर अब इन्भटर र मैन बत्तीका दिन आए भन्दै सामाजिक संजालमा अभिव्यक्त भनाइप्रति कत्तिपनि सत्यता नरहेको बताए। तर उनको भनाइप्रति कसैको पनि बिश्वास थिएन मात्र होइन एमालेवालहरुले नै पत्याएनन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *